गीतसंगीतका नक्षत्रले छाडी गए

Read Time:2 Minute, 32 Second

कालजयी गीत गाउने वरिष्ठ गायक फत्तेमान राजभण्डारी अव हामी माझ रहेनन् । सोमबार राति १२ ः५० बजे उपचारकै क्रममा उनले सदाका लागि संसारबाट विदा लिए । ७७ वर्षिय राजभण्डारी फोक्सोमा क्यान्सर भएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । मर्मस्पर्शी स्वरका कारण नेपालीहरुको मनमनमा बस्न सफल उनको निधनले धेरैलाई मर्माहत बनाएको छ ।

तस्वीर फलानो डट कम
 ‘मर्न बरु गाह्रो हुन्न’ भन्ने गित गाएका उनको निधन साच्चै मर्नेलाई त गाह्रो भयो भएन तर छाडेर गएपछि बांच्नेलाई भने गाह्रो बनाए ।  १९९३ मङ्सिर १३ गते जन्मिएका गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङगीत दिएका छन् । उनका ”मर्न बरु गाह्रो हुन्न”, ”यस्तो पनि हुँदो रहेछ”, ”सान्नानीको गालैमा कालो कोठी रैछ”, ”बनै खायो डडेलोले” जस्ता हृदयस्पर्शी र भावनात्मक गीतहरु कालजयी गितको दर्जामा गनिएका छन् ।
उनका श्रीमती दुई छोरा र एक छोरी छन् । फत्तेमानले सर्वप्रथम २०२५ सालमा रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा, ”यस्तो पनि हुदो रै” छ जिन्दगिमा कैले कैले बोलको गीत गाएर राजा महेन्द्रबाट प्रथम भएर स्वर्णपदक प्राप्त गरेका थिए । यसपछि २०५२ सालमा छिन्नलता पुरस्कार ,२०५५ मा प्रबल गोरखा दक्षिणबाहु लगायत हालसम्म डेढसय जति पुरस्कार प्राप्त गरिसकेका छन् । २०५९ साल साउन २५ गते बिशाल एकल कार्यक्रम प्रस्तुत गरेका फत्तेमान केहीदिन अघिसम्म पनि हरेक बिहान दुई घण्टा हार्मोनियमको तालमा रियाज गर्ने गर्थे । फत्तेमानले आफ्नो जिवनको अन्तिम समयपनि सङगीत साधनामा ब्यतित गरे । यस्ता कालजयी श्रष्टा राजभण्डारीको भौतिक शरिर नरहेपनि उनको आवाज भने नेपाली मनमा संधै गुञ्जी रहने छ ।

जगन शर्मा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %