जनमुक्तिले बेलायतमा भोट माग्यो

Read Time:5 Minute, 44 Second

१ सेप्तेम्बर, बेलायत आइतबारका दिन बेलायतस्थित फ्रानब्रो शहरको सामुल कोडी कलेजमा राष्ट्रिय जनमुक्ति पार्टी (राजमुपा) बेलायतको भातृ संगठन दि हिमालयन अर्गनाइजेसनको  वार्षिक भेटघाट कार्यक्रम प्रमुख अतिथी राष्ट्रिय जनमुक्ति पार्टीका अग्रज नेता तथा झापा जिल्लाका संस्थापक अध्यक्ष उदिन बहादुर राइको प्रमुख अतिथ्यतामा  सम्पन्न भयो ।

 राईले जातिय पहिचानसहितको संघियता, जातिय जनसंख्याको आधारमा राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता जस्ता राजमुपाले दुई दशक अघि देखी उठाउंदै आएका मुद्दाहरु नै आज राष्ट्रिय मुद्दा बनेकोमा आफुहरुको नैतिक रुपमा बिजय भैसको छ भन्दै खुशी ब्यक्त गरे । राजमुपाले यी मुद्दाहरुलाई आफ्नो स्थापनाकाल देखि नै आफ्नो मुल मुद्धा बनाउदै आईरहेकोले यहि पार्टीले मात्र यी मुद्धाहरुलाई संबिधानमा सुनिश्चित गराउन सक्ने भएकोले सम्पुर्ण नेपाली जनताहरु राष्टिय जनमुक्ति पार्टीमै आबद्ध भई राज्यसत्तामा पुर्याउन आसन्न संबिधानसभाको चुनाबमा चुनाब चिन्ह घरमा मतदान गर्न सबैलाई आग्रह गरेका थिए ।

। जातिय मुक्तिको लागि आफ्नो पुरै जिबन समर्पित गरेका एम एस थापा तथा गोरे बहादुर खपाङ्गी  लगायत अन्य जातिय मुक्तिका योद्धाहरुलाई पनि  स्मरण गर्दै आदिवासी जनजाती आन्दोलनका महान योद्दा अहिले अर्थिक अभावले उपचारमा कठिन परिस्थिती बिच गुज्री रहेको अवस्था रहेको देशको एउटा होनहार नेता मन्त्री भइसकेको व्यक्तिको यस्तो नाजुक अवस्था छ भने अन्य सर्वसाधारण व्यक्तिको कुन हालत छ सोझै अनुमान लगाउन सकिने वताए । यस्ता विभेधको विरुद्ध सबै सचेत नेपाली नागरिक एक ढिक्का भई साम्प्रदायिक राज्यसत्ता बिरुध्द लड्नु पर्ने सबै बक्ता हरूले जोड दिदै एक मात्र आशाको  केन्द्र राष्ट्रिय जनमुक्ती रहेको जनाए। 

साथै सबै बक्ता हरूले पूर्ब मन्त्रि गोरेबहादुर खपाँगी मगरले जनजाति आन्दोलनमा अतुलनिय योगदान पुर्याएको स्मरण गराउदै उहाको उपचारमा आर्थिकमा कुनै कमि हुन नदिन र सबैलाइ सहयोग गर्न अनुरोध गरेका थिए ।

कार्यक्रमका जनमुक्ति पार्टीका पुर्ब केन्द्रिय सदस्य तथा नेपाल आदिबासी जनजाति महासंघका बेलायतका उपाध्यक्ष नर बहादुर गुरुङ, महासंघ  बेलायतकै कोक्षाध्यक्ष तथा दि हिमालयन ओर्गनाइजेसन का सल्लाहकार होम सुनुवार, यु बि जि एनका संयोजक ज्ञान राज राई, युवा नेता नारायण लिम्बु ,पदम गाहा मगर , हिमालयन रिडिङ शाखाका सचिव भक्त रोका , सेर्पा संघका युरोप बिभागका महासचिब तथा पल्मस्थित शाखाका उपाध्यक्ष कर्मा शेर्पा, राष्ट्रिय स्वतन्त्र महिला मोर्चाका पुर्ब केन्द्रिय उपाध्यक्ष एवम नेपाल आदिबासी जनजाती महिला महासंघ बेलायतका अध्यक्ष कमला थापा, पार्टीका युरोप बिभाग प्रमुख तथा संघिय परिषद सदस्य थर्क राना साथै नेपाल आदिबासी जनजाति महासंघका  सल्लाहकार तथा राज्यसत्ता डट्कमका बेलायत प्रतिनिधि  डा चजिन्द्र राना आदिले शुभकामना  मन्तव्य राखेका थिए । अधिकांश वक्ताहरुले नेपालको एकल जातिय राज्यसताको बिरुद्ध लड्न राजनीतिक चेतना जागृत  हुनु पर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा संस्थाका रशमुर शाखाका उपाध्यक्ष यान्का आले मगरले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराएका थिए भने नेपालबाट आमन्त्रित चर्चित लोक गायक  गायिकाद्य संगिता थापा मगर र  मन्सुधन थापामगर ,स्थानिय कलाकार बिर बहादुर गाहा मगर लगायतले बिबिध संगीतिक कोसेली पस्की भर्पुर  मनोरन्जन दिलाएका थिए ।

सो कार्यक्रम संगठनका उपाध्यक्ष प्रेम तामाङको स्वागत मन्तब्य संगै सुरू भएको , अध्यक्ष भरत थापाको अध्यक्षतामा र सचिब नारायण किशोर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

-कमला थापा , बेलायत

फोटो : डा. चजिन्द्र राना

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %