क्वालालम्पूर, १सेप्टेम्बर,
आईतवारका दिन विश्व नेपाली साहित्य महासंघ मलेसिया र अनाममण्डली मलेसियाको संयुक्त संयोजनमा हुने साप्ताहिक साहित्य सण्डे अन्तरगतको एकल सृजना वाचन विशेष कार्यक्रममा गजलकार गनिन्द्र विवशको एकल गजल तथा कविता वाचन सम्पन्न भएको छ । संयोजक संस्था अनाममण्डलीका अध्यक्ष राज अविरल यात्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कार्यक्रम अवधीभरका लागि नायक रहनु भएका गनिन्द्र विवशलाई नै बनाईएको थियो ।
कार्यक्रमका एकल सृजना वाचक तथा प्रमुख अतिथि समेत रहेका गजलकार विवशलाई विश्व नेपाली साहित्य महासंघ मलेसिया र अनाममण्डली मलेसियाले सम्मानपत्र सहित सम्मान गरियो ।
विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रिय समितिका उपाध्यक्ष मनि राई गोठाले र सर्जक प्रकाश विसी , विश्व नेपाली साहित्य महासंघ मलेसियाका अध्यक्ष जीवन देवान गाउँले, अनाममण्डली मलेसियाका सह सचिव निश्चल परदेशी, सर्जक देवी प्रसाद ढकालल पनि शुभकामना दिएकाथिए ।
कार्यक्रममा हाल साउदी अरेवीयामा रहेका साहित्यकार तथा कवि पञ्च विस्मृत अनलाईन अथिति थिए । विशेष अनलाईन अथितिको आसनबाट बोल्दै उनले कार्यक्रममा वाचित विवशका कविताहरुको समिक्षात्मक टिप्पणी गरेकाथिए ।
गजल, कविता र मुक्तकको त्रिवेणी बनाएर गनिन्द्र विवशले कार्यक्रममा उपस्थित श्रोताहरुलाई एकत्रित भई श्रवण गर्न विवश बनाएकाथिए । कार्यक्रममा विवशले आफ्ना केही नयाँ तथा पुराना गरी करिब तीनदर्जन सिर्जना वाचन गरेकाथिए भने आफू साहित्यमा लाग्नुको कारण, उदेश्य र लक्ष्य पनि बताएकाथिए ।
कोताराया स्थित एस एण्ड बि कार्यलयको सभाहलमा सम्पन्न उक्त कार्यक्रमलाई श्रीजन श्री ले सञ्चालन गरे ।
रोशन अस्लामी
मलेशियामा गजलको लुफ्त
Read Time:2 Minute, 39 Second