जातीय राजनीतिको प्रभाव र असर फिल्ममा

Read Time:2 Minute, 41 Second

१ सेप्टेम्वर

 हंगकंग पत्रकार जेवि पुन मगरको निर्देशनमा जनजाति महासंघको नेतृत्वमा हगंकगंमा भैरहेको जनजाति महाबाणिज्यदुत माग सम्बन्धि आन्दोलनको कथालाई समेटेर बनाईएको ‘जातीय राजनीतिको हंगकंग कनेक्सन’ नामक बृत चित्र कंगन रेष्टरेण्टमा प्रदर्शनी भएको छ । पत्रकार संघ हंगकंगले कार्यक्रम संयोजन गरेकोथियो ।

नेपालमा भएको आदिवासी जनजाति आन्दोलनको असर हंगकंगमा परेको र त्यसको प्रभावले यहांको समाजमा ध्रुबीकरण तिब्र भैरहेको तथ्य बृत्तचित्रमा देखाइएको छ । आदिवासी जनजाति महासंघ हंगकंगले विगत सात बर्षदेखि आदिवासी जनजाति मुलको महाबाणिज्यदूत माग गर्दै गरिरहेको आन्दोलनलाई त्यहि राजनीतिको प्रभावको रुपमा बुझाईएकोछ ।

आफ्ना पुराना सहकर्मी दिवंगत पत्रकार देव पाटा मगर प्रति समर्पित गरिएको बृत्तचित्रबारे बताउँदै पुनले यो आन्दोलन नेपालीको साझा समस्या भएकोले त्यसबारे सरोकारवालाहरुलाई ध्यानाकर्षित गराँउदै गम्भीर बनाउन कथालाई  फिल्ममा उतारेको उनको भनाई थियो । नेपाल पत्रकार सँघ हगंकगंका अध्यक्ष किसन राईले पत्रकार पाटाको नाममा अक्षयकोष स्थापना गर्न यसको च्यारिटी सो पनि गरिने जानकारी गराएकाथिए ।

कार्यक्रममा सरोकारवालाहरु महाबाणिज्यदुत महेशप्रसाद दाहाल, जनजाति महासंघका अध्यक्ष एमवी थापा, एनआरएनए, चेम्बर अफ कमर्सका अध्यक्ष तथा जनजातीय, सामाजिक संस्था, राजनीतिक दलका प्रमुख र बौद्धिकहरुको सहभागिता थियो । पौने घण्टा लामो बृत्तचित्र सकिएपछि त्यस मुद्दामा सरोकारवालाहरुबीच गम्भीर र रोचक अन्तर्क्रिया समेत भएकोथियो । पुनका अनुसार, हगंकगंमा भैरहेको यो आन्दोलनबारे जानकारी दिन यो बृत्तचित्रलाई नेपालमा पनि लगेर देखाईनेछ । बृत्तचित्रलाई श्यामसुन्दर थापाले फिल्माकंन र सम्पादन गरेकाहुन ।

भीम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %