आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरले आदिवासी जनजातिहरु विदेशी डोनरबाट नचलेको वताएका छन् । मगरले सो कुरा आदिवासी जनजाति महासंघ सुनसरीको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा बताएका हुन् ।
आदिवासी जनजाति भन्दा पनि अन्य जातिले ७१ प्रतिशतभन्दा बढी विदेशी डोनर अपचलन गर्ने गरेको तर जनजाति विदेशी डोनरमा चलेको प्रतिष्ठानको रेकर्डमा नभएको वताए ।
जातीय उत्थानका लागि आदिवासीहरुको जनसंख्याको हिसाबलाई उनीहरुको वृद्धि विकास, शैक्षिक विकास लगायतमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग प्रदान गर्ने गरेको उनको भनाई छ । नेपालमा ५९ आदिवासीलाई नेपाल सरकारले आदिवासीमा सूचिकृत गरेको बताउदै आदिवासीलाई राज्यको पहुचसम्म पु¥याउन राज्यले समेत ठूलो भूमिका खेल्नुपर्ने वताए ।
यस्तै आदिवासी जनजाति महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजाति महासंघले मंसिर ४ मै चुनाव भएर देशले निकास पाएको हेर्न चाहेको बताए । मुलुकलाई चार दलिय सिण्डीकेटले विगारेको भन्दै दोस्रो संविधानसभाको निर्वाचन तोकिएकै समयमा नभए यसको सम्पूर्ण दोषसमेत चारदललाई जाने उनको भनाई थियो । चार राजनीतिक दलले मुलुकमा दोस्रो संविधान नहुने खेलमा लागेको आरोप लगाउदै अहिलेको सम्पूर्ण तयारी नाटक मात्र भएको आरोप समेत लगाए ।
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष डण्डु सेर्पाले नेपालका आदिवासी जनजातिहरु एकल जातिय पहिचानको पक्षमा नरहेको र वहुपहिचानको पक्षमा रहेको वताए । आदिवासीको आन्दोलनलाई विफल वनाउन विभिन्न आरोपहरु ज्नजातिहरुलाई लगाईएको हो भन्दै सेर्पाले अव वन्ने नया नेपालको नया संविधानमा पहिचान सहितको संघियता उल्लेख भएको संविधान वन्नु पर्छ ।
आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष सुजेन्द्र तामाङ गोलेको सभापतित्वमा शुरु भएको चौथो अधिवेशनले आईतवार नया कार्य समितिको समेत चयन गर्ने छ ।
आदिवासी जनजातिको अभियान, पहिचान सहितको संघियता र संविधान भन्ने नाराका साथ सुरु भएको सो सम्मेलनमा सहभागी हुन सुनसरी जिल्लाका करिब २५ जातिको उपस्थिति रहेको छ । कार्यक्रम अगाडि विभिन्न जातिको संस्कृति झाकी सहितको ¥याली धरानको पब्लिक उच्च माविबाट निकालिएको थियो । ¥याली धरानको चतरालाईन, छाताचौक, नयावजार , भानुचौक हुदै धरान १५ स्थित सदन सभा हलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
भैरब आङ्ला, धरान