डिग्री होल्डहरु तरकारी बेच्दै

Read Time:5 Minute, 1 Second

पोखरा, भदौ १५
प्राङ्गारिक कृषि उद्यमी संघले पोखराको लेकसाइडस्थित बुम्म¥याङ रेष्टुरेन्ट परिसर ‘कृषक बजार’ सुरु गरेको छ । उपभोक्तालाई सस्तो, गुणस्तरिय र विषादिरहित तकारी खुवाउन शनिबारदेखि कृषक बजार खुलेको हो ।  
कृषक बजारमा विभिन्न थरिका साग,टमाटर, भिन्डी, गोलेभडा, लौका, बन्दा, कांक्रो, सिमी, मूला, बोडी, खुर्सानी, फर्सी, करेला, भान्टा लगायत थुप्रै अग्र्यानिक तरकारी किन्न पाइने  प्राङ्गारिक कृषि उद्यमी संघका अध्यक्ष समिर गुरुङले

जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार कृषक बजार हरेक हप्ताको शनिबार विहान ७ बजेदेखि १० बजेसम्म संचालन हुनेछ ।

शनिबार पोखराका थुप्रै उपभोक्ताहरुले कृषक बजार पुगेर अग्यानिक तरकारी खरिद गरे । पहिलो दिनमै १० हजार रुपैंयाको तरकारी बिक्री भएको प्राङ्गारिक कृषि उद्यमी संघका सचिव नरहरी राईले जानकारी दिए । ‘उपभोक्ताको चापले हामी हौसिएका छौं’ सचिव राईले भने,‘पहिलो दिन यस्तो राम्रो भयो भने, अब झन् राम्रो हुन्छ भन्ने आश गरेका छौं ।’
उपभोक्तालाई सस्तो, गुणस्तरिय र विषादिरहित तकारी खुवाउन कृषक बजार सुरु गरेको कृषि उद्यमी मिना गुरुङले बताइन् । ‘बिचौलियाका कारण उपभोक्ताले निकै महंगोमा तरकारी खरिद गर्नुपर्छ’ गुरुङले भनिन्््््‘हामीले उत्पादन गरेको विषादिरहित तकारी सिधै उपभोक्तामाझ पु¥याउन बजार खोलेका हौं ।’
कृषक बजार सुरु गरेका युवा उद्यमीहरु धेरैजसोले विभिन्न विषयमा स्नातकोत्तर गरिसकेका छन् । पढेलेखेकाले कृषि कर्म गर्नु हुँदैन भन्नेहरुको मानसिकता परिवतर्तन गराउन पनि तरकारी खेतिमा लागेको युवा कृषक रित गुरुङले बताए ।
‘कृषकै हुने भए कित यति दुःख गरेर पढिस् बाबु, भन्दै मेरै ममिबाबाले गाली गर्नुहुन्छ’ पोखरा विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सकेकाका युवा रितले भने,‘लाहुरे हुनुपर्छ भन्दाभन्दै पढे, विदेश नगइ नेपालमै कर्म गरे केही न केही गर्न सकिन्छ भनेर कृषि कर्ममा लागेको हुँ ।’  
पश्चिमाञ्चल प्रहरी प्रमुख डिआइजी सुरेन्द्र शाहले पोखरा सरुवा भएदेखि नै अग्रयानिक तरकारी खाने चाहना दुई महिनापछि पूरा भएकोमा खुसी व्यक्त गरे ।  
‘सकेसम्म अग्रयानिक तरकारी खान मन पराउँछु, बल्ल आज पाइयो’ डिआइजी शाहले भने,‘ कृषकलाई हौसला दिन अग्रयानिक तरकारी किन्न म आफै पुगेको हुँ ।’
पर्यटन व्यवसायी गणेश भट्टराईले पनि विषादि प्रयोग नगरि उत्पादन गरेको ‘कृषक बजार’बाट काँक्रो, टमाटर, साग, लगायतमा तरकारी किने ।
‘खोजीखोजी अग्र्यानिक तरकारी खान्थे, अब हरेक शनिबार आफ्नै आगनमा पाइने भइयो’ भट्टराईले भने,‘पढेलेखेका युवाहरुकाले देखाएको जोश र जाँगरलाई हामी सबैले प्रोत्साहन दिनुपर्छ ।’
व्यवसायी भट्टराईले अग्र्यानिक तरकारीलाई बढावा दिन र  कर्मठ कृषि उद्यमी युवाहरुलाई हौसला दिन कृषक बजारका आफ्नै रेष्टुरेन्ट परिसरमा ठाउँ उपलब्ध गराइदिएको बताए ।
युवा उद्यमिहरुलाई हौसला दिन शनिबार कृषि अनुसन्धान केन्द्र मालेपाटन पोखराका प्रमुख रामबहादुर केसी,जिल्ला कृषि कार्यालय कास्कीका बालि संरक्षण अधिकृत धनबाहादुर रानामगर, क्षेत्रीय पशु निर्देशनालय पोखाराका प्रमुख बंशी शर्मा, क्षेत्रीय माटो प्रयोगशाला पोखराका प्रमुख इन्द्र वली लगायतका व्यक्ति पनि ‘कृषक बजार’ पुगेर तरकारी खरिद गरेका थिए ।

मनोज घर्तीमगर

कृषक बजारमा तरकारी खरिद गर्दै उपभोक्ताहरु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %