मिसेस तीजको उपाधि क्षेत्रीलाई

Read Time:4 Minute, 7 Second

पोखरा, १५ भदौ
 पोखरा काजीपोखरीकी अञ्जली क्षेत्रीले पाँचौ मिसेस तीज प्रतियोगिता–२०७० को ताज पहिरेकी छिन् । पोखरा सभागृहमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा २७ वर्षीया क्षेत्रीले उपाधिसहित ट्रफी, गिफ्ट ह्याम्पर र नगद जितिन् ।प्रतियोगितामा पोखरा एयरपोर्टकी रोजी गुरुङ फष्ट रनर अप र अनु गुरुङ सेकेण्ड रनर अप घोषित भए । उनीहरुले क्रमशः वेष्ट परनालिटी र वेष्ट डान्सको उपाधि पनि जिते ।

दर्शक छनौटमा परेकी सपना गुरुङले वेष्ट स्माइलको उपाधि पनि जितिन् भने मष्ट ट्यालेण्टको उपाधि स्वेता सुवेदीलाई प्रदान गरियो । तीजको अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको आयोजनामा विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तरनिहित प्रतिभाको प्रष्फुटन गराउन उद्धेश्यले एक महिनासम्म प्रतिष्पर्धामा सहभागी १५ जना युवतीलाई विभिन्न तालिम प्रदान गरी स्टेजमा उतारिएको थियो ।

फाइनलमा तीजको मौलिकतालाई जोगाउन नेपाली महिलाले के गर्नुपर्छ निर्णायकको अन्तिम प्रश्नमा टप फाइभले जवाफ दिएका थिए । त्यसमध्ये अञ्जलीको जवाफले निर्णायकको मन जितेको थियो । उनले फोटो जेनिकको उपाधि पनि आफ्नै पोल्टामा पारिन् । उपाधिपछि तत्कालै उनले आफ्नो खुशी विदेशमा रहेका श्रीमानलाई सुनाइन् ।  प्रतियोगितामा सरिता गायक वेष्ट परफमेन्स, शशी कार्की मष्ट एक्टिभ, काजोल रोका मष्ट डिस्सिप्लिन, सृष्टि नेपाली मष्ट युनिक, मिल्ली थापामगर वेष्ट वाक, चन्द्रा गुरुङ वेष्ट चार्मिङ, देवी सुनार वेष्ट हेयर, लक्ष्मी गुरुङ मष्ट फ्रेण्ड्ली, संगीता कार्की मष्ट क्रियटिभ, संगीता कार्की मष्ट क्रियटिभ, उषा क्षेत्री गुरुङले मष्ट कन्फिडेण्डको उपाधि पाए ।

नेकपा एमाले स्याङजाका अध्यक्ष पद्मा अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्णायकहरु प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष शान्ति गुरुङ, रेडियो गोर्खालीका स्टेशन म्यानेजर सञ्जय मल्ल, रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारी, ज्ञानुबाबा बोर्डिङका प्रिन्सिपल दिनेश अर्याल र नृत्य निर्देशक गोरे गुरुङ थिए ।  

युनियनका केन्द्रीय अध्यक्ष मीना गुरुङले देशमा धेरै सौन्दर्य प्रतियोगिता हुने भए तापनि यो प्रतियोगिता भिन्दै प्रकारको प्रतियोगिता भएको दाबी गर्दै तीज संस्कृतिको संरक्षण र महिलाको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता गरिएको जनाइन् । प्रतियोगितामा ४० वर्षसम्मका महिलाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा कोरियाग्राफी रवीन्द्र बज्राचार्यले गरेका थिए भने फोटोग्राफी भूपाल गुरुङले गरेको प्रतियोगिता संयोजक सुमन गुरुङले जनाइन् ।

सविता मगर,पोखरा
फोटो ः सुरज तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %