कमाउन हैन संगीत बचाउन सागरको ‘ऋषभ’

Read Time:1 Minute, 35 Second

पोखरा, ९ भदौ
आधुनिक तथा पप गायक एनजे। सागर शाह ठकुरीले ऋषभ ‘नामक’ भिसिडी एल्बम बजारमा ल्याएका छन् । विगत डेढ दशकदेखि आधुनिक गीत गाउँदै आएका सागरको यो सातौं एल्बम हो । एल्बममा समावेश ८ वटै गीत सागरले गाएका छन् ।

एल्बममा लोक पप फ्लेभरमा गाइएको ‘पोखरेली कान्छी’ बोल गीतको म्यूजिक भिडियो समेत बनि सकेको छ । यो बाहेक एब्बममा ‘साथी तिम्रो, चर्चा चल्यो रे, वेकार धोकेवाजसँग, पर्खी है बस, वर्षौं पहिले, उनीसँग माया र रक भर्सनमा ओम नमश शिवाय गीत समावेश छन् ।

सागरकै संगीत रहेका गीत अनुराग अधिकारी, अनु शाह, समर परियार लगायतले लखेका छन् । बार डिजिटल रेकर्डिङ पोखरामा सर्बज्ञमान शाक्यले रेकर्ड गरेका गीत  कन्दरा ब्याण्डका सदस्य बुद्धराज बज्रचार्यले मिक्सिङ गरेका हुन् । गायक सागर आफैले लागानी गरेको एल्बम पनि उनले प्रमोशन गरिरहेका छन् । ‘एल्बमबाट सुको आम्दानी छैन’ सागर भन्छन्,‘संगीतमा निरन्तरता दिनलाई एल्बम निकाली रहेको छु ।’ उनले यस अघि सिञ्जा, मिर्मिरे, अचान, सानू, याद तिमिलाई एल्बम निकाली सकेकाछन् ।

सविता मगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %