मंसीर ७,पालुङ्गटार गोरखा
माओवादी विस्तारित बैठकको समाचार संकलनका लागि पालुङ्गटार जाँदै गरेका पत्रकार चढेको जीप मंगलवार बिहान दूर्घटनामा परेको छ ।
एबिसी टेलिभिजनका पत्रकार चढेको जिप र ठाँटीपोखरीबाट काठमाण्डौं जाँदै गरेको वस तनहुँ भानु ५ को भन्सार रातोमाटेमा ठोक्किदा २ पत्रकार सहित ३ जना घाइते भएका छन् । दुर्घटनामा ए बि सी टेलिभीजनका पत्रकार विनय भुषाल, मनोज घर्तिमगर र चालक पुर्ण श्रेष्ठ घाईते भएका हुन् । घाइतेमध्ये पुर्ण र मनोजको लक्ष्मी सामुदायीक अस्पताल डुम्रेमा र विनयको डुम्रे सामुदायीक अस्पतालमा उपचार गरिएको छ ।
ए बि सी टेलिभिजनका पत्रकार चढेको बा ६ च ५०६७ नम्बरको जिप र ठाँटीपोखरीबाट काठमाण्डौ जादै गरेको ना ३ ख ६६२८ नम्बरको मारती भ्यान मंगलवार बिहान ८ वजेतिर ठोक्किएका हुन् । साँघुरो सडकको मोडमा दुई सवारी ठोक्किएका इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ । दुबै सवारी साधनलाई प्रहरी कार्यालय डुम्रेले नियन्त्रणमा लिएको छ ।