एनआरएनए हंगकंगका अध्यक्ष दुर्गा गुरुगंसंग बिच्किएका केहि ब्यक्तिले घोषणा गरेको एनआरएन-२ नउदाँउदै अस्ताउन थालेकोछ । उसले दार्चुला बाढीपीडितहरुका निम्ति भन्दै जोडतोडले घोषणा गरेको राहत-२ सांगितिक कार्यक्रम रद्द गरेकोछ । तर स्थगित गर्नुपरेको दोष भने नेपाली महासंघमाथि थोपरिएकोछ । ( पढ्नोस बिज्ञप्ति)
तर रद्द गरिनुको भित्री कारण भने अर्कै रहेको बताईन्छ । उक्त कार्यक्रम गर्न तयार पारिएको कलाकार संघले अन्तिम समयमा आफुहरु अवैधानिक संस्थाका लागी कार्यक्रम गरि विवादमा नपर्ने भन्दै पछि हटेकोथियो । सचिव गर्ने र अध्यक्ष लगायत अन्य सदस्यहरु नगर्ने पक्षमा भएपछि कलाकार संघको बैठकमा विवाद पनि बढेको बताईन्छ । त्यसैगरि नेपालबाट आउने कलाकारहरुले पनि एउटै नामको दुई संस्थाको बिवादमा नफँस्ने जवाफ फर्काएपछि र स्थानीयहरुले पनि असहयोग गर्ने जस्तो देखिएपछि पछि हट्यो । यसअघि पनि संस्थामा राखिएका ब्यक्तिहरु पनि जिम्मेवारी नलिई धमाधम निस्किएपछि कार्य समितिमा बस्ने मान्छे खोज्दै हैरान थियो यो टिम ।
समानान्तर संस्था खोलेर संस्थापनको लेटरप्याड प्रयोग गरेपनि नेपाली संघ संस्थाले विद्रोही एनआरएनका अध्यक्ष एमवी गुरुगंलाई मन्च नदिई दुर्गालाई नै दिन थालेपछि एमवी बिच्कन शुरु गरेकाथिए । उनले यो मोहरा हुने खेलमा अब आफु नलाग्ने र घर परिवारबाट पनि हप्काई आईरहेको बताउन थालेकाथिए । कहाँ सम्म भने आफ्नो कार्यक्रममा आई तपाईंको पछाडी छौं अगाडी बढ्नोस भन्ने केहि जनजाति नेताहरुले पनि आफुलाई धोखा दिएको भन्दै उनी बर्बराउन थालेकाथिए । आदिवासी दिवसमा आफुलाई एनआरएनको अध्यक्षको हैसियतमा मन्च दिलाउने केहि हर्ताकर्ता जनजाति नेताहरुको आश्वासनले उनी ठाँट्टिएर त्यहाँ पुगेकाथिए तर आफ्नो नाम सुनेर ब्यग्र प्रतिक्षामा बसेका उनले दुर्गाकै नाम बोलाएको सुनेपछि बेचैन भएकाथिए ।
अगाडी मन्चमा बसेका दुर्गाको अनुहार हेर्न नसकेपछि उनी लगायत उनका सहयोगी दाज्यु भाईहरु अर्जुन गुरुगं, धर्म गुरुगं प्रमुख अतिथिको भाषण नसुनेरै कार्यक्रम स्थलबाट बाहिरिएकाथिए । एमवी ठुस्किनुको अर्को कारण पनि छ । एनआरएनको अधिवेशन नजिकिदै गर्दा केन्द्रिय अध्यक्ष जिवा लामिछानेको निर्देशनमा एशिया प्याशिफिकको रोहबरमा बिद्रोहीलाई मिलाई सकिएकोथियो । एमबीहरुले मागेको पुन: अधिवेशनको माग केन्द्रिय समितीले अस्विकार गरिदिएकोथियो । त्यसैले ति सहमतिमा आँउदैथिए । बिद्रोहीले मागेको एमवीलाई उपाध्यक्ष र केहिलाई कार्यसमितिमा ल्याउन दुर्गा राज़ी पनि भएकाथिए ।
तर एमबीलाई समर्थन गरिररहेका केहि ब्यक्तिले फेरि उक्साएपछि नयाँ प्रस्ताव ल्याईएकोथियो जुन उटपट्यागं थियो,जसमा अक्टोबरमा काठमान्डौमा हुने अधिवेशनमा दुर्गा अध्यक्षको हैसियतले त्यहाँ भाग लिने र फर्कदा उनले एमवीलाई पद हस्तान्तरण गर्ने ! आफ्नै खुट्टामा बन्चरो हान्ने यस्तो प्रस्तावमा दुर्गा राजी नभएपछि वार्ता पनि त्यसै हराएकोथियो । यता पनि नहुने उता पनि नहुने तर पैसा खनखन गैरहेपछि एमवी बर्बराउन थालेकाहुन । त्यसैले आजित एमवीद्वारा अहिले राहत-२ रद्द गरिएकोछ तर ढिलोचाँडो एनआरएन-२ लाई पनि थान्को लगाएर आफ्नो धन्दामा लाग्ने संभावना बढेर गएकोछ ।