फुटबल खेलेर,खेलाएर प्रथम शहिदको सम्मान

Read Time:5 Minute, 58 Second

 लण्डन १७ अगस्त   नेपालका  प्रथम शहिद लखन थापामगरको स्मृतिमा फुटबल प्रतियोगिता (सातौ) सम्पन्न भयो | निरकुश राणा शासनका सस्थापक जंगबहादुर राणाकाे निरंकुशताका बिरुद्ध पहिलो चोटी आवाज उठाउने लखन थापा मगर नेपालका पहिलो शहिद हुन् | मगरको शहादत मगरको निम्ति मात्र नभएर सम्पूर्ण राष्ट्रकै निम्ति गरिएको बलिदान थियो | मगर संघ यु के ले नेपालका प्रथम शहिद लखन थापामगरको योगदानलाई जिवित राख्न उनको स्मृतिमा फुटबल प्रतियोगिता आयोजन गर्ने गरेकोछ,जुन बेलायतका नेपाली माझ चर्चित मानिन्छ ।

बेलायतभरिका ३३ टिमले सहभागिता जनाएको प्रतियोगितामा मेनको १२ टिम, भेटेरानको ६ टिम, १६ बर्ष भन्दा मुनिको १० टिम र १२ बर्ष भन्दा मुनिका ५ टिम थियो | मेनको टिमहरु सबैलाई पाखा लगाउदै वेम्ब्ली मगर शाखा र केन्ट मगर शाखाको बिचमा फाइनल भयो | केन्ट मगर शाखा लाई पराजित गर्दै वेम्ब्ली मगर शाखा बिजेता भएको छ | त्यस्तै गरि भेटेरानमा इन टेक ९२ र मगर संघ युके पुग्नु सफल भयो जसमा मगर संघ युकेलाई पराजित गरेर इनटेक ९२ ले पहिलो उपाधि आफनो कब्जामा पार्यो | अन्डर १६ मा गोर्खा बोय दोस्रो भयो भने युनिटी एफ. सी. ले पहिलो उपाधि पाउन सफल भयो | त्यस्तै गरि १२ वर्ष भन्दा मुनिकोमा एफ सी गेरे ले रशमुर फ्युचर लाई पराजित गरेर पहिलो उपाधि आफनो कब्जामा पारेको छ | मगर संघ यु के का खेलकुद सचिव बिष्णु घर्तीमगरको संयोजकमा सम्पन्न भएको यो प्रतियोगितामा एडमिन उपाध्यक्ष दलमान पुन मगरले गरेका थिए भने सेक्युरिटी र मनोरंजनतर्फ उपाध्यक्ष नेम थापामगरले सम्हालेका थिए |  मगर युवाहरुले महत्वपुर्ण भूमिका निभाएका थिए |

६ वटा मैदानमा फुटबल खेलाईएको थियो जसका प्रबन्धक शाखाका अधक्षहरु क्याप्टेन पदम आले मगर, क्याप्टेन ताम ढेगा मगर,  धन बहादुर थापा मगर,  पहल सिङ्ग थापा मगर,  मोहन बहादुर थापा मगर र शाखा सचिवले गरेका थिए | सम्पूर्ण खेलको ब्यवस्थापन सल्लाहकारहरु योग फगामी मगर, मेजर कृष्ण कुमार आलेमगर,  रमेश रानामगर र रुक आलेमगरले गरेका थिए | हिसाब किताबको लागि श्री नेत्र आले मगर र टंक बहादुर मगर थिए भने कन्ट्रोल टेन्टमा लेप्टेन सुनिल रानामगर, श्रीमती अनिता राना मगर, श्रीमती छबि माया पुनमगर, श्रीमती गोमा रानामगर र महासचिव बम सूर्यवंशी मगरले महत्वपुर्ण भूमिका निभाएका थिए | पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रग्बी फुटबल क्लबकाअध्यक्ष, संघका अध्यक्ष  दुत पुनमगर, सस्थापक अध्यक्ष एवं संरक्षक  थर्क रानामगर, वर्तमान  अध्यक्ष मेजर कुल बहादुर थापामगर, सल्लाहकार  भरत थापामगर, सल्लाहकार मेजर कृष्ण कुमार आलेमगर, क्याप्टेन दुर्गा रामजालीमगर सल्लाहकार  योग फगामीमगर तथा सल्लाहकार सुनिल रानामगरले बिजयी खेलाडीहरुलाई ट्रफी साथै नगद पुरस्कार प्रदान गरेका थिए | कार्यक्रमको अन्तमा संघका अध्यक्ष  दुत पुनमगरले प्रथम शहिद लखन थापामगर स्मृति कप प्रतियोगिताको बारेमा प्रस्ट पार्दै सहभागी टिमहरु, दर्शक, पाहुना साथै प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरेकाथिए

प्रतियोगिताका प्रायोजक नामावली   क्याप्टेन दुर्गा रामजालीमगर,  अर्जुन पुनमगर, क्याप्टेन ताम ढेंगामगर, मेजर याम बहादुर रानामगर, मेजर चित्र रानामगर, लेप्टेन सुनिल रानामगर,  पहल सिङ्ग थापामगर, शेर पाईजा मगर,  सुर्य गुरुङ, एभेरेस्ट टाईम्स, मेजर कुल बहादुर थापामगर, गोर्खा सेक्युरिटी,  राजेन्द्र रानामगर, घन थापामगर, क्याप्टेन बि आर घलेमगर , दुत पुनमगर, राजा थापामगर,  शेर सुनवार,  धक गुरुङ, क्याप्टेन बिर थापा मगर,  रमेश सरन्कोती मगर,  लेख राना मगर,  भरत थापा मगर, क्याप्टेन चन्द्र बहादुर पुन मगर, क्याप्टेन घनश्याम पुनमगर, यु एच एस बि शाखा, श्रीमती छबि माया पुनमगर,  योग फगामी मगर,  कृष्णराज रानामगर,  दलमान पुनमगर, श्रीमती अनिता रानामगर, श्रीमती हिमाली रानामगर,  सोम रानामगर,  मिन रानामगरले आर्थिक सहयोग गरेकाथिए ।

 -बम सुर्यबंशी मगर, बेलायत

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %