यूकेमा म्याग्दीको मेला

Read Time:4 Minute, 21 Second

 बेलायत अगस्त १७  

१७ अगस्ट २०१३ का दिन अल्दरशटमा,नेपालका  समाजसेवी तथा व्यवसायी  खिमन पुर्जाको प्रमुख आतिथ्यमा भेडाखोर मेला सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात प्रमुख अतिथीबाट दिप बाल्दै नेपाली राष्ट्र गानका साथ सुरु गरिएको थियो । हरेक बर्ष म्याग्दी जिल्लाको  देवीस्थान  गाविस अन्तर्गत पर्ने रुन्मा ,मगरडाङ ,घर्ठोक ,पुन्ठोक र जुग्जा गाउमा परम्परागत चाडपर्वको अवसर पारी आयोजना गरिने मेलाको सम्झना स्वरुप सन २००७ मा स्थापित यस संस्थाले हरेक बर्ष उक्त गाउ हरुमा मनाउने मेलाहरु मनाउने गर्दछ । यस्तो पालैपालो मनाईन्छ ।जस अन्तर्गत यस पाली भेडा खोर मेलाको आयोजना गरियो, उक्त मेला बारे संस्थापक अध्यक्ष रेशम शेरचनले जानकारी गराएका थिए ।  

 प्रमुख अतिथी खिम पुर्जाले बेलायत र नेपालको सम्बन्ध भौगोलिक रुपमा टाढा भएपनी दुई देशको भावनात्मक सम्बन्ध निकै नजिक रहेको बताए ।  बिकसित राष्ट्रमा आएर हाम्रा नानी हरुले यहाँको भौतिक सुबिधाको फाईदा सँग सँगै यहाँको शिक्षामा पनि बिशेष पहुच राखी भविस्यमा बेलायतको राजनीतिक ,प्रशासनिक क्षेत्र लगायत्का ठुला ठुला ओहदामा पनि पुग्न सकुन भन्ने शुभकामना व्यक्त गरे । मिहेनत र प्रतिभाको कदर हुने बेलायत जस्तो मुलुकमा  यहाँको बातावरणमा हुर्किदै गरेका कलीला बाल बालिकलाई आफ्नो भाषा ,सस्कृति गाँउठाँउको बारे जानकारी गराउनुको साथै उचित मार्गनिर्देशकका साथ  ज्ञान र शिक्षा हासिल गरी यहाँ मात्र नभै आफ्नो गाउ ठाउँ र नेपालको बिकासमा पनि बिशेष योगदान हुने अपेक्षा राखेको बताए ।

उक्त कार्यक्रममा सोफिया बुढा ,सोनिया बुढा ,सोनाल बुढा, श्रीजना पुन,सोनाल बुढा ,यमुना बुढा ले अत्यन्त मनमोहक नृत्य पेश गरे ।  कार्यक्रम सन्चालक , कलाकार टन्क शेरचनले  वासुरिको धुनले सबैलाई मोहित पारेका  थिए ।   ठेलो फाल्ने प्रतियोगितामा कर्ण प्रसाद जुग्जालिले प्रथम स्थान हासील गरी पुरस्कृत भए ।

कार्यक्रममा जिसिएससि उतिर्ण हुने सोनिया बुढा , श्रृजना पुन तथा ए लेभल उतिर्ण हुने यमुना बुढा तथा सोफिया बुढालाई शुभकामनाका साथ सम्मान गरिएको थियो ।साथै दर्वाङ देखी देवीस्थान गाविसलाई जोड्ने निर्माधिन मोटर बाटोको लागि सहयोग गर्ने चन्दा दाताहरु स्याङ्जा निवासी ओम थापा तथा अर्जुन मल्ललाई पनि सम्मान गरिएको थियो ,गत साल यस संस्थाले  देवीस्थान सँगम साझ नामक च्यारेटी कार्यक्रम गरी सडक निर्माणको कार्यमा सराहनिय  भूमिका खेलेको थियो ।

यस बर्ष धोजेन्द्र तुलाचन अध्यक्ष ,याम पुन सचिव ,कोषाअध्यक्ष ओम प्रशाद राना रहने गरी नयाँ कार्य समिती चयन गरेको छ ।  यस संस्थाले हरेक बर्ष उक्त गाविस बाट  एस्एलसीमा  उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र हरेक गाउ बाट उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %