हंगकंग, मोना हंगकंगले याउ मा तेइ कम्युनिटी हलमा मोना साँझ सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट संकलित रकम म्याग्दी जिल्लाका दृष्टिबिहिन, सुस्त मनस्थिति र बहिराहरुलाई पठन पाठन गर्ने विद्यालयलाई सहयोग गरीने मोनाका अध्यक्ष दल सेर्बुजा मगरले स्वागत मन्तब्य दिदै जानकारी गराएका थिए । दर्शकहरुको उल्लेखनिय उपस्थिति रहेको उक्त कार्यक्रमबाट रकम राम्रै संकलन गरेको दर्शकहरुको विश्लेषण रहेको छ ।
कार्यक्रम सफल बनाउनको लागि नेपालबाट लोकगायक खड्ग गर्वुजा मगर, लोकगायिका टिका पुन, लोकगायक बद्री पंगेनी, हास्य कलाकार मनोज गजुरेल आएका थिए । अध्यक्ष दल सेर्बुजा मगरको अध्यक्षतामा औपचारीक कार्यक्रमको प्रमुख आतिथि नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर रहेका थिए ।
सहसचिब रुपा पुन मगरले कार्यक्रम सञ्चालन गरेकी थिइन । सांस्कृतिक कार्यक्रम भने गोमा पुन मगर र रुपा पुन मगरले गरेकी थिइन ।