बुद्धको नाममा नेपालमा राजनीति मौलाएको छ । पछिल्लो समय सुर्खेतको काक्रेबिहारमा बुद्ध मूर्ति स्थापना गर्ने विषयले तहल्का नै मच्चिएको छ । बिगत २ महिनायता सुरु भएको बुद्ध मूर्ति स्थापना गर्ने र नगर्ने कुरा सडकदेखि सदनसम्म बहसको विषय बनेको छ । सबै प्रक्रिया पुरा गरेर मूर्ति स्थापनामा जुटेका बौद्धमार्गीहरु मूर्ति स्थापना गर्न पाउनुपर्ने माग गर्दै निरन्तर आन्दोलनमा छन् ।
आइतबार मौद्धमार्गीहरुले काठमाडौमा पत्रकार सम्मेलन गरेर काक्रेविहारमा बुद्धमूर्ति स्थापनाका लागि तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । बारम्बार काक्रेविहारमा बुद्धको मूर्ति स्थापना गर्न दिनुपर्ने भन्दै विभिन्न माग राखी आन्दोलन गर्दै आएको बौद्धमार्गीहरुले सरकारसँग वार्ता गरेपनि निष्कर्षविहीन भएपछि पुनः तेश्रो चरणको आन्दोलनको घोषणा गरेकाछन । काक्रेबिहारमा मुर्ति स्थापना गर्नका लागि सरकार बाधक नभएको बताइरहेको भए पनि बुद्ध मुर्ति स्थापनाका लागि वातावरण नबनेपछि बौद्धमार्गीहरु तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्न पुगेका हुन ।
पटक–पटक आफ्ना मागहरु सरकारसमक्ष राख्दा पनि सरकारले बेवास्ता गर्नुका साथै मागको सुनुवाई नगरेको बौद्धमार्गीहरुको भनाइ छ । सरकारले आफ्ना मागहरुको सुनुवाई गर्छु भनेपछि आन्दोलन स्थगित गरेपनि आन्दोलनलाई अल्मल्याएर राख्ने षड्यन्त्र मात्र भएको उनीहरुको भनाइ छ । बौद्धमार्गी तथा अन्य सरोकारवालाहरुले बनाएको काक्रेबिहारमा बौद्धमूर्ति स्थापना सरोकार सर्घष समितिले पत्रकार सम्मेलनमार्फत मुर्ति स्थापना माग गर्दै भदौ २ गतेदेखि भाद्र १३ गतेसम्मका लागि विभिन्न आन्दोलनका कार्यक्रम समेत सार्वजानिक गरेको छ । घोषित अन्दोलनमा भदौ ४ गतेदेखि ९ गतेसम्म विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म शान्तिवाटिका रत्नपार्कमा रिले अनसन बस्ने र भदौ १३ गते विहान ९ बजे बसन्तपुर डवलीमा भेला भई न्युरोड, जमल, रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुदै प्रदर्शनी मार्गमा बृहत शान्ति ¥याली तथा सडक जनसभा गर्ने कार्यक्रम समेत घोषणा गरेको छ ।
विश्वमा विश्व शान्तिको प्रतिक मानिने गौतम बुद्धको मूर्ति जन्मभूमिमा प्रतिस्थापन हुन नदिनु र बुद्धको नाममा मौलाएको राजनीतिका कारण अनेकौ समस्याहरु उत्पन्न भइरहेको छ । सबै प्रक्रिया पुरा भएर पनि मूर्ति स्थापना गर्न नदिनु सरकारी नियतमा देखिएको समस्याको रुपमा व्याख्या हुने गरेको छ । त्यसैले सरकारले यो समस्या चाडै नै समाधान गर्नुको विकल्प छैन ।
आन्दोलनका कार्यक्रम
१. तेश्रो चरणको आन्दोलनको कार्यक्रम
मिति कार्यक्रम समय स्थान
२०७० भाद्र २ पत्रकार सम्मेलन अपरान्ह २ बजे फोनिजको कार्यालय, अनामनगर, काठमाण्डौं ।
२०७० भाद्र ४-९ रिले अनसन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म शान्तिवाटीका रत्नपार्क काठमाण्डौं ।
२०७० भाद्र १३ बृहत शान्ति ¥याली तथा सडक जनसभा विहान ९ बजे बसन्तपुर डवलीमा भेलाभई न्युरोड, जमल, रत्नपार्क, बागबजार, पुतली सडक, पद्यमोद्धय मोड हुदै प्रदर्शनी मार्गमा जनसभा गर्ने
हाम्रो मागहरू
१. सुर्खेत, काँक्रेविहार परिसरमा राख्न खोजीएको बुद्धको सो मूर्तिलाई सोही स्थानमा नै प्रतिस्थापना गर्नु पर्ने ।
२. बुद्ध जयन्तीको पावन अवसरमा सुर्खेतमा बौद्धमार्गीहरूको झाँकी ¥यालीमाथि प्रहरी प्रशासनले गरेको कुटपिट र दुव्र्यवहार प्रति स्थानीय प्रशासनबाट स्थानीय बौद्धमार्गीहरू समक्ष सार्वजनिक रूपमा माफी माग्नु पर्ने ।
३. आगामी दिनमा मुलुकको कुनै पनि भू–भागमा रहेको बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, बही, बहाल, चैत्य, मूर्ति आदि आस्थाको केन्द्र रहेको क्षेत्र वा स्थानहरूमा बौद्धमार्गीहरूमाथि यस्ता दुव्र्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी (सुनिश्चितता) गर्नु पर्ने ।
४. काँक्रेविहार संरक्षण विकास कोष गठन गर्नुपर्ने ।
सुर्खेत काँक्रेविहार बुद्धमूर्ति प्रतिस्थापना संयुक्त सरोकार समिति
आनन्द गुरुङ