हंगकंगमा छोरा छोरीलाई शिक्षा दिन मन लागेपनि कतिपय अभिभावकहरु यहाँ ल्याएर पढाउन आनाकानी गरिरहेको भेटिन्छन । नेपालमा पढाउँदा पनि आफु नभएपछि बिग्रिने होकी भन्ने पीर छ उनीहरुलाई । त्यसैले भन्ने गरेका छन यहाँ ल्याएर पढाएर के गर्ने चाइनिज पढ्न सक्दैन । यद्यपि यथार्थ त्यो मात्र होईन । चाइनिज त पढ्न कोशिष गरे नसक्ने भन्ने नै छैन । बच्चा यहाँ ल्याई सकेपछि हेर विचार गर्ने मान्छेको जोहो गर्न पर्यो र वस्नको लागि कोठाको समेत ब्यवस्था गरिदिनु पर्यो । त्यसैले यहाँका अभिभावकहरु दोधारमा छन । यहाँ ल्याइएपनि तिनको हेरबिचार गर्न समय नहुने हुनाले परिस्थिति नेपालको भन्दा कम छैन । नेपालमा बाबा आमा नभएर स्वतन्त्र भएर हिड्ने छोराछोरी यहाँको झन परिवेश नै स्वतन्त्र भएकोले झन बढि बराल्लिएर हिडेको देखिन्छ ।
हङकङमा एथ्निक समुदायको बसोबास
घाम नउदाउदै रोगजारका लागि निस्कने अभिभावक राती मात्र घर फर्कनुपर्ने बाध्यता छ । बच्चालाई फोनको भरमा अभिभावकत्व दिनुपर्ने बाध्यता छ । दिनभरी कहा“ पुग्छन् के गर्छ न् त्यो पनि थाहा हुदैन । त्यसैले अभिभावकहरुलाई जागिरमा छदा जागिरको तनाव छदैछ । भित्रि रुपमा छोरा छोरीले गर्दा पनि तनाबमा बस्नु परेकोछ ।
यसै शिलशिलामा मैले पनि छोरा छोरीसँग कति टाढा बस्ने भनी गत २ बर्षदेखि छोरीलाई यहाँ पढाइरहेको छु । याउ मा तेइ काइफोङ एसोसियसन स्कुलमा पि २ बाट शुरु गरी अहिले पि ३ को अन्तिम हुदैछ । शुरुको बर्ष पि २ मा नै छोरीले कक्षामा प्रथम स्थान हासिल गर्न सफल भइन । चाइनिज उसलाई त्यति आउदैन । घरमा अनी स्कुलमा पढेको भर उनले त्यति अंक ल्याएको हो ।
एक दिन म स्कुल पुग्दा उसको कक्षाका अरु साथीले चाइनिजको अतिरीक्त कक्षा लिएको थाहा पाए र मैले मिसलाई सोधे– किन मेरी छोरीलाई अतिरिक्त कक्षामा नराख्नु भएको हो ? तिनको जवाफ थियो– छोरीको चाइनिज राम्रो छ त्यसैले नराखेको रे । बास्तबमा मेरी छोरीको चाइनिज त्यति राम्रो छ जस्तो मलाई लाग्दैन । हुन त त्यो स्कुलमा सवै जसो एथ्निक समुदायका विद्यार्थी पढ्ने भएकोले अंगे्रजी माध्यमबाट नै पढाइन्छ । त्यसैले उसको अंग्रजी राम्रो छ । तर पनि भोलीको दिनमा यस्तो चाइनिज पढाइले हंगकंगमा पढेर संघर्ष गर्न सक्छ की सक्दैन भन्ने प्रश्नले बारम्बार सताउछ ।
त्यसैले यो बारेमा मैले सोच्दै छु । हंगकंगमा ल्याएर प्राइभेट स्कलमा पढाउने नेपाली अभिभावकहरुको खासै हैसियत देखिदैन । त्यसैले सरकारी स्कुलबाट पढेकाहरुको नतिजा हेर्ने हो भने पनि हाम्रो समाजमा फोम ५ पास गरेको विरलै पाइन्छ । यसको मतलब पढेर पास गर्नेको संख्या न्यून छ । यदि यस्तै चाल हो भने यहा“ पढाएर मात्रै के फाइदा भयो र । यस्तो नतिजाले भबिष्य उज्जल हुने कुरै भएन । छोरा छोरीहरु पनि पुःन उहि पुरानै पेशा गैटी र बेल्चाको सहारामा जानु पर्ने हुन्छ जुन कुरा अभिभाबकहरु चाहदैनन ।
हंगकंगमा नै जन्मेर शुरुदेखि नै चाइनिज माध्यमबाट पढाइ शुरु गरेका बच्चाहरुको चाइनिज भाषा त राम्रो हुने नै भयो तर अग्रेजी भने सोचे जस्तो राम्रो देखिदैन । हंगकंगमा त केहि गरेर खान सक्ने हुन सक्छ । नेपालबाट आउने बच्चाहरुले आप्mनो मातृभाषा नबोले पनि कार्य सम्पादन गर्ने नेपाली त राम्रोसँग बोल्न सक्छ । तर हंगकंगमा जन्मेका बच्चाहरुले मातृ भाषाको त कुरा छाडौं नेपाली भाषा पनि राम्रोसँग बोल्न सकेको पाइदैन । बोल्न नजान्नेले लेख्न र पढ्नेको कुरै छोडौं । घरमा आपैmले नेपाली पढाउनको लागि कतिपय अभिभाबकहरुलाई समय छैन भने कति शिक्षित छैनन र आपैm पढाउन सक्दैनन । भविष्यमा नेपाल गएर केहि गरेर खान मन लाग्यो भने उसको के हालत होला । उ यात न उताको हुन्छ । यो चाइनिज भाषाको भन्दा पनि अर्को ठूलो समस्या हो । किनकि जे जस्तो भए पनि हाम्रो थाकथलो भनेको नेपाल हो र उसले आफ्नो पहिचानलाई बिर्सन हुदैन पनि ।
त्यसैले हंगकंगमा भएका नेपाली अभिभाबकहरुले बच्चाको भविष्यको लागि शिक्षा मात्रै होइन हरेक कुरा सोचेर मात्रै निर्णय लिन जरुरी छ । पढाइ राम्रो भएन भने सक्षम हुदैन र राम्रो काम पाउने सम्भावना रहदैन । त्यसले उनीहरुको भविष्य नै अन्यौलपूर्ण हुन जान्छ ।
भिम थापा मगर
(यो लेख हङकङ विश्वविद्यालय शिक्षा संकायको मुखपत्रमा अग्रेंजीमा पनि प्रकाशित छ )