पोखरा, २ भदौ
पोखराको डी.सी. युनाईटेडले प्रथम पोखरा व्याटल फिल्ड फुटसल कप २०७० को उपाधि जितेको छ । लेकसाईडमा रहेको पोखरा ब्याटलफिल्ड प्रालिको ईन्डोर हलमा शनिबार बेलुका भएको फाईनल खेलमा डी.सी. युनाईटेडले आयोजक पोखरा ब्याटलफिल्ड प्रालिको टोलीलाई ३–० को गोल अन्तरले पराजित गरी उपाधि सहित २५ हजार पुरस्कार जितेको हो ।
उपविजेता भएको आयोजक पोखरा ब्याटलफिल्डले १० हजारको साथमा ट्रफि मेडल प्रमाण–पत्र प्राप्त गरेको छ । डी.सी.को जितमा विवेक गुरुङले दुई र रोसन हिराचनले एक गोल गरे भने आयोजकले एक गोल पनि फर्काउन सकेन ।
विजयी खेलाडीहरुलाई कास्की जिल्ला फुटवल संघका अध्यक्ष गोपी भट्टराई, उपाध्यक्ष धरमसिंह लामिछाने, महासचिव राजन पौडेल, कोषाध्यक्ष सुक गुरुङ, पोखरा ब्याटलफिल्ड प्रालिका अध्यक्ष गुप्त लामाले पुरस्कार वितरण गरेका हुन । एकै दिनमा लगातार २० खेल खेलाएका रेफ्रि शुसिल केसी र सन्तोष गुरुङलाई कार्यक्रममा खादा लगाएर सम्मान गरीएको थियो । सुक्रबारबाट सुरु भएको उक्त प्रतियोगितामा ४१ टिमको सहभागिता रहेको थियो ।
आयोजकले भदौ ३ गतेसम्म उक्त प्रतियोगिता संचालन गर्ने भनि पुर्वघोषाणा गरे पनि प्राविधिक कारणले दुई दिनमै सकेको खेल संयोजक आशिस अधिकारीले बताए ।
शनिबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजकले एल.जी. एसोशिएसनलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा डीसी युनाईटेडले भ्याली स्पोटर्स क्लवलाई ३–२ को गोल अन्तरले पराजित गरी फाईनलमा प्रबेस गरेको हो । आयोजक र एल.जी. एसोशिएसन बिचको खेल निर्धारित समयमा दुबै तर्फ एक एक गोल भए पछि टाईब्रेकरमा धकेलिएको हो ।
यस अघि आयोजक पोखरा ब्याटलफिल्डले गार्डेन फुटवल क्लबलाई ४–२ को गोल अन्तरले पराजित गर्दैै अन्तिम चारमा स्थान बनाएको थियो ।
दोश्रो क्वाटरफाईनल खेलमा एल.जी. एशोसीएसनले संगम क्लब एलाई एकतर्फी ४ गोल गरी सेमिफाईनलमा यात्रा तय गरेको थियो । बीसी युनाइटेडले संगम एआईजीले टाईब्रेकरमा ३–१ को गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समयमा दुबै तर्फ गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको हो । भ्याली स्पोटर्स बीले म्युजिसियनलाई ३–२ को गोल अन्तरले पराजित गरेको थियो ।
त्यसै गरी दोश्रो चरणमा भएको खेलमा आयोजक व्याटल फिल्डले आरसीसी रत्नचोकलाई ५–४ को गोल अन्तरले टाईब्रेकरमा पराजित गरेको थियो । निर्धारित समयमा दुबैतर्फ दुई÷दुई गोल भए पछि खेल निर्णायकको लागि टाईब्रेकरमा धकेलिएको हो । एल.जी. एशोसीएसनले लेकसाईड पिस क्लवलाई ६–२ को गोल अन्तरले पाखा लगाएको हो ।
शनिबार भएको पहिलो खेलमा संगम एआईजीले रन्जन स्मृति क्लबलाई ६–२ ले पराजित ग¥यो भने अर्को खेलमा ड्यामसाईडले रंगिला डान्स बारलाइ टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गरेको हो । ड्यामसाईड र रंगिला डान्स विचको खेल १०÷१० मिनेटको निर्धारित समयमा दुबै तर्फ दुई÷दुई गोल भए पछि टाईब्रेकरमा धकेलिएको थियो ।
तेश्रो खेलमा व्वाईज युनाईटेड एले साईकोस रक्सलाई ६–२ ले पराजित गर्यो भने चोथौ खेलमा म्युजिसियन फ्रेन्स क्लबले डवल ओलाई ३–१ ले पन्छायो । अर्चलवोट एबी गनरले पाचौं खेलमा लेकसाइड पिस युथ क्लब एलाई ४–२ गोल अन्तरले पराजित ग¥यो । अर्को खेलमा गार्डेन एफ.सी.ले ल्याण्डीङ जोनलाई ३–२ को गोल अन्तरले पराजित गर्यो भने संगम एले अक्सीजनलाई ३–२ को गोल अन्तरले पराजित गर्यो । संगम एआईजीले होम टाउनलाई ५–० को गोल अन्तरले पराजित गर्यो भने बीसी युनाईटेडले ड्याम साइडलाई २–० ले पन्छायो । क्युजिसीयनले व्वाईज युनाइटेडलाई ५–३ को गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा भ्याली स्पोटर्सले अर्चलबोट युनाईटेडलाई ६–१ को गोल अन्तरले पराजित गरेको छ ।
सविता मगर,पोखरा