पुर्वको पर्यटकिय क्षेत्र टिएमजे अर्थात तीनजुरे मिल्के जलजले । पुर्वी पहाडी जिल्ला तेह्रथुमको वसन्तपुर वजारवाट केही मास्तिरवाट सुरु हुने यो क्षेत्र गुरासको राजधानीकोरुपमा पनि चिनिन्छ । नेपालमा पाईने ३३ प्रजातिका गुरास मध्ये २८ प्रजातिका गुरास पाईने क्षेत्र हो टिएमजे । सो क्षेत्र गुरासवाट जति परिचित छ पछिल्लो समयमा छुर्पीवाट पनि उत्तिकै परिचित हुन थालेको छ ।
पहिला गुरासको राजधानी भनेर चिनिने पुर्वको तीनजुरे मिल्के जलजले क्षेत्र आजभोली यहा उत्पादित छुर्पीले पनि निक्कै परिचित हुन थालेको छ । वजार अभावका कारण दुग्ध जन्य पदार्थको सदुपयोग गर्न केहिवर्ष अघिवाट उत्पादन सुरु गरिएको छुर्पि हाल आएर टिएमजे क्षेत्रको पहिचाननै बन्दै गएको छ ।
दुध वेच्ने वजार छैन । पहाडी लेकाली गाउ यातायातको सुविधा नहुदा दुग्ध जन्य पदार्थको सहि सदुपयोग छुर्पी वनाउनु वन्यो । आफुले उत्पादन गरेको दुग्ध जन्य पदार्थको वजार टाढा भएकोले स्थानियवासीले छुर्पी वनाउने निर्णय गरे । त्यसै त सो क्षेत्रको छुर्पी लोकप्रिय छदै थियो छुर्पी वन्न थालेपछि तीनजुरे मिल्के जलजले क्षेत्रका वासिन्दाको जीवन स्तरनै उकासिन थालेको गुफापोखरी वजार वासी हिमा खनाल वताउछिन् ।
टिएमजे क्षेत्र पुर्वको पर्यटकिय गन्तव्य पनि हो । यहा आउने जो कोहीले केही कोसेली लाने गर्दछन् । पछिल्लो समयमा यहाको कोसेली छुर्पी वन्न थालेको छ । यसले गर्दा पनि छुर्पीको उत्पादन संगै माग पनि वढेको छ । त्यसैले दुग्ध जन्य पदार्थवाट धेरै चिज वन्ने भए पनि पछिल्लो समयमा सो क्षेत्रमा पहिलो प्राथमिकता छुर्पीनै वन्ने गरेको गुफापोखरीवासी हरीप्रसाद खनालको भनाई छ ।
पुर्वी पहाडी क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रमा उत्पादित दुग्ध जन्य पदार्थको ९० प्रतिसत छुर्पि उत्पादनमानै खपत हुने गरेको छ । गुफापोखरि तथा आसपासका करिव २५ भन्दा बढि परिवारले छुर्पि उत्पादन तथा बिक्रिबाटै वार्षिक एकलाख भन्दा वढि आम्दानी गर्ने गरेका छन् । सुपाडी वलगम तथा चक्लेटको साटो प्रयोग गरिने छुर्पि प्रतिकेजि छ सय रुपैयामा विक्रि हुने गरेको छ । पर्यटकिय स्थाल गुफापोखरि र टिएमजे क्षेत्र घुम्न जाने तथा सो क्षेत्रमा आवत जाबत गर्ने जोकोहि पनि त्यहा उत्पादन गरिएको छुर्पि कोसेलिको रुपमा लिएर मात्र फर्कने गर्दछन् ।
सुद्ध दुधवाट निर्माण गरिने सो क्षेत्रको छुर्पिको माग दिन प्रतिदिन बढ्दै गएको छ । वजार टाढा भएकोले दुध वेच्न लान नसक्ने किसानका लागि आफनै घरमा छुर्पी वनाएर गतिलो आम्दानीको श्रोत वनेको छ छुर्पी व्यावसाय । स्थानियवासीहरुको यो प्रयासमा राज्यले पनि थोरै सहयोग गरेमा दुग्ध जन्य पदार्थको वजार टाढा हुनेहरुका लागि गतिलो आम्दानीको श्रोत यो व्यावसाय वन्न सक्ने छ ।
भैरब आङ्ला, संखुवासभाको गुफापोखरी पुगेर फर्केपछि