नेपाल आदिवासी जनजाति महासंघ बेलायत र नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतले अगष्ट १० तारिख शनिबारको दिन सयुक्त अधिराज्य बेलायतस्थित आश्फोर्ड शहरमा आदिवासी दिवस मनायो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा कार्यक्रमका प्रमखु अथिति उदान बहादुर राईले भने, “पदम शम्सेरको पालादेखि अहिलेसम्म आई पुग्दा आदिवासी जनजातिहरुले आफ्ना स्वामित्वमा रहेका सबै गुमाए तर केहि पाएनन्” । उनले भने, ६० हजार भन्दा धेरै आदिवासी जनजातिका छोराहरुले पहिलो महायुद्धमा, दोस्रो महायुद्धमा ज्यान गुमाए । हजारौको संख्यामा अंगभगं भए । के कति हराए । राज्यले अहिले सम्म त्यसको तथ्याङ्क सार्बजनिक गरेको छैन् । नेपालबाट खसी बोका वेच्न ईन्डिया लादा त्यसको लेखाजोखा गरिन्छ तर त्यी योद्धा वीरहरुको अहिले सम्म अत्तोपत्तो छैन, यसरी राज्यले आदिवासी जनजातिमाथि विभेद गरेको छ । त्यसैले यस्ता बिभेदहरुको अन्त्य गर्न नेपाल आदिबासी जनजातिहरु एकजुट हुन जरुरी छ ।
विभिन्न वक्ताहरूले विश्व आदिबासी दिवसको महत्वमाथि चर्चा गरेका थिए । उनीहरुले राज्यले सदियौदेखि आदिबासी जनजातिहरुलाई बिभेद, उत्पीडन, दमन, शोषण तथा मानव अधिकार हनन गरिएको ठहर गर्दै अबका दिनहरुमा आदिबासी जनजातिका उत्थान र बिकासका निम्ति पहिचान र अधिकारकालागि लडेका बिभिन्न सामाजिक संघ संस्थाहरु, मानव अधिकारकर्मीहरु, नागरिक समाजहरु र राजनैतिक दलहरु आदिबासी जनजातिको अधिकार प्राप्तीको लागि वा संबिधानमा लिपिबद्ध गर्नको लागि गएको संबिधान सभाको निर्बाचनमा जे जस्ता कमिकमजोरीहरु भए गरिए पनि हिजोका कमिकमजोरीहरुलाई शिक्षाको रुपमा लिई अब आउने मंसिर ४ को संबिधान शभाको निर्बाचनमा एकबद्ध भएर जानु पर्नेमा जोड दिएका थिए ।
नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष नर बहादुर गुरुङले स्वागत गरेकाथिए । नेपाल आदिबासी जनजाति महासंघ बेलायत महासचिब नरेस काङबाङ र नेपाल आदिबासी जनजाति महिला महासंघ, बेलायतकी बिमला सेनेले संयुक्त रुपमा सञ्चालन गरेको सो कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ बेलायतका सल्लाहकार गणेश ईजम, नेपाल आदिबासी जनजाति महिला महासंघका अध्यक्ष कमला थापा, छन्त्यालसंघ वेलायतका अध्यक्ष तुल छन्त्याल, दुरा समाज वेलायतका अध्यक्ष कर्ण दुरा, सुनुवार समाज वेलायतका अध्यक्ष जंग सुनुवार, खस/क्षेत्री एकता समाज आदिबासी जनजाति बेलायतका अध्यक्ष वालकृष्ण जीसी, पासापुच वेलायतका महासचिव शिवजी श्रेष्ठ, नेपाली कांग्रेस आर्थिक विभागका केन्द्रिय सदस्य रवि प्रकाश राई, लगायतका बक्ताहरुले संबोधन गरेका थिए । कार्यक्रममा गायक दौलत राई, महेश्वरी नेङबाङ, नरेश नाती, मान तवेबुङ्ग र निर वहादुर राईले मीठा मीठा गीतहरु प्रश्तुत गरेका थिए ।
उक्त भेलामा छन्त्याल, सुनुवार, राई,लिम्बु , मगर, दुरा, थकाली, तामाङ्ग, शेर्पा लगायतका जात जातिहरुले आफ्नो पहिचान झल्काउने नाच र गीतहरु प्रस्तुत गरेका थिए ।
कमला थापा