बेल्जियममा पूर्व सभासदको रहस्यमय भाषण

Read Time:3 Minute, 21 Second

नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमले १९ औ विश्व  आदिबासी दिबसको अवसरमा आदिबासी दिवस र आदिवासी जनजाती सन्दर्भ बिषयक एक अन्तर्कृया आयोजना गर्‍यो । तीन्सस्त्रात लुभेन स्थित शुसी लुभेनको हलमा आयोजित अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथि पूर्व संबिधानसभा सदस्य तथा नेपाली काग्रेस पूर्व केन्द्रीय सदस्य जिप छिरिङ्ग लामा शेर्पा थिए । उनले विश्वभरका आदिवासीहरू एकत्र हुँदै आफ्नो अधिकार क्रमश प्राप्त गर्दै गएको सन्दर्भ उल्लेख गर्दै पहिचान सहितको संघीयता बर्तमान नेपालको अपरिहार्यता भएको बताए ।

अन्र्तक्रियापछिको खानावाना

 कार्यक्रममा संबिधान निर्माण बिषयगत ११ समिती मध्य राज्यको शासकीय स्वरूप निर्धारण समितिका सदस्य समेत रहेका शेर्पाले पहिचान सहितको संघीयताको बिकल्प छैन तसर्थ नेपाली काग्रेंसले हर-हालतमा यो मुद्धालाई आत्मसात गर्नैपर्ने जिकीर गरेकाथिए उनले भने,यो मुद्दालाई बेवास्ता गरे नेकाले ठुलो हानी ब्यहोर्नुपर्ने हुन्छ ।

पूर्व सभासद शेर्पाले शासकीय स्वरूप अन्तर्गत राष्ट्रपति र प्रधानमन्त्री चुनिने लगायत बुँदागत निर्णय गर्नुपर्दा समितिको बैठकमा हात हालाहालको स्थिति आएको तितो घटना सुनाउँदै संबिधानसभा बिघटनमा थुप्रै रहस्यमय कुरा लुकेको उल्लेख गरे । तर त्यो रहस्य के हो उनले बताएनन ।

आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष पिजी शेर्पाको सभापतित्वमा सम्पन्न सो अन्तर्कृया कार्यक्रममा शेर्पा किदुक (समाज) बेल्जियमका अध्यक्ष सोनाम शेर्पा लगायत ठूलो संख्यामा उपस्थित सो समाजका सदस्यहरूले सभासद लामाको सम्मान पनि गरेको थियो । आदिबासी जनजाती महासंघ बेल्जियमका सचिब छिरिङ्ग शेर्पाले कार्यक्रम सन्चालन गरेकाथिए ।
 कार्यक्रममा जनसंपर्क समिती यूरोपका महामन्त्री गंगाधर गौतम ,संघीय समाजबादी पार्टी बेल्जियमका अध्यक्ष नेत्र मगर ,एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ , एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युबराज गुरुङ ,शेर्पा समाज यूरोपका उपाध्यक्ष फुला शेर्पा , किरात राई यायोक्खा युरोपका सयोजक केजिन राई ,बिश्व मगर संघका कोषाध्यक्ष लोक राना  लगायत सय जना भन्दा बढीको उपस्थित रहेको थियो।
केजिन राई

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %