मगर संघ टोकाई जापानको अध्यक्षमा दिलिप राना मगर

Read Time:2 Minute, 19 Second

नेपाल मगर संघ टोकाई जापानको ११ अगष्ट २०१३ का दिन आईचिकेनमा १५ औं अधिवेशन सम्पन्न भएको छ, उक्त उधिवेशनले दिलिप राना मगर को नेतृत्वमा १६ सदस्यीय कार्य समिति गठन गरेकोछ ।
निर्वाचित कार्यसमिति नामावली यसप्रकार छन- उपाध्यक्षमा रोशन बुढा मगर र बाबुकाजी बुर्जा मगर, महासचिवमा कौडा बुढा मगर, सचिव सिरी बहादुर पुन मगर, कोषाध्यक्षमा दिलमान घर्ति मगर, सहकोषाध्यक्षमा तिर्थमान बुढा मगर र सदस्यहरुमा अविशर बुढा मगर, रामचन्द्र बुढा मगर, पन्च पुन मगर, सुनीता पुन मगर, जुनसारा बुढा मगर, तेजु पुन मगर, राम कुमार बुढा मगर, उपहार घर्ति मगर, गंगा बहादुर घर्ति मगर र सल्लाहकार हरुमा भिजेन्द्रमान पुन मगर, श्याम बहादुर हुन्चिङ्ग राना मगर, मन बहादुर पुन मगर, लोक बहादुर बुढा मगर र धन अर्गेजा मगर रहेका छन् ।

संस्थाका अध्यक्ष मन बहादुर पुन मगरको सभापतित्व रहेको थियो भने संस्थाको पूर्व अध्यक्षहरुले अतिथिको आशनग्रहण गरेका थिए र प्रमुख अतिथिमा संस्थापक सदस्य र सल्लाहकार समेत रहेका भिजेन्द्रमान पुन मगर थिए । र अधिवेशनमा उपस्थित सबैलाई संस्थाका सदस्य सिरी बहादुर पुन मगरले स्वगत मन्तव्य दिएका थिए । र सस्थाका महासचिव बाबुकाजी बुर्जा मगरले कार्यक्रम संचालन गरेका थिए । सभापति र प्रमुख अतिथिले ब्यानर खोली कार्यक्रको उद्धघाटन गरेको थिए । महासचिव बुर्जा मगरले आफ्नो कार्यकलको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अभिशेक बुढा मगरले कोषको प्रतिवेन प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %