सौन्दर्य प्रतियोगितामा नेपाली चेलीको जित

Read Time:1 Minute, 39 Second

नेशनल अमेरिकन मिस” (National American Miss-NAM) द्वारा आयोजित न्यू योर्क राज्यब्यापी मिस प्रिटिन (Miss Pre-Teen) सुन्दरी प्रतियोगितामा ११ बर्शिय नेपाली छोरी सलिना श्रेष्ठले ‘मिस ट्यालेन्ट’ (Miss Talent) पुरस्कार जित्न सफल भएकिछिन्। अगस्ट ९ देखि ११ तारिखबिच न्यू योर्कको वेष्टचेस्टरस्थित मारियोट होटेल एन्ड रिसोर्टमा सम्पन्न उक्त सुन्दरी प्रतियोगितामा १०७ जना १० देखि १२ बर्षबिचका सुन्दरीहरु मध्ये सलिना श्रेष्ठले ‘मिस ट्यालेन्ट’ (Miss Talent) टाइटल र २५० डलर नगद पुरस्कार जित्न सफल भएकि हुन्।

न्यू योर्कको इल्म्हर्स्ट निवासी संगितकार बुवा शिसिर श्रेष्ठ र ब्यूटिसियन आमा लक्ष्मी जोशीकि जेठी छोरी सलिना श्रेष्ठले न्रित्य र गायनमा उत्कृष्ट प्रतिभा (Miss Talent) पुरस्कार जितेकी हुन्।

यो पुरस्कार पछि सलिनाले अब आगामी नोबेम्बर महिनाको थ्याङ्क्स गिभिङ सप्ताहन्तमा क्याप्लिफोर्निया राज्यको हलिवूडमा हुने मिस पूर्व किशोरी (Miss Pre-Teen) प्रतियोगितामा भाग लिन पाउनेछिन्।


प्रदिप थापा, न्यूयोर्क

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %