हङकङ, १० अगष्ट
हङकङवासी नेपालीहरुले १९सौं विश्व आदिवासी दिवस धुम–धामले मनाए । विश्व आदिवासी दिवसका प्रमुख अतिथि भवानी वरालले भने “जाति भनेको राष्ट्र हो, राष्ट्रियता हो । राष्ट्रियताको आधारमा राज्यको पुनरर्संचना हुनु पर्दछ । ढुङ्गा–माटो, खोला–नालाको नामले राष्ट्रियता समेट्न सक्दैन ।”
लिम्बुवानका अभियान्ता – इतिहासकार तथा वरिष्ठ पत्रकार वरालले हङकङमा १९सौं विश्व आदिवासी दिवसको अवसरमा भने “नेपालमा राष्ट्रको परिभाषा गलत ढंगले सिकाइन्छ । हिमाल– पहाड, मेची–महाकाली, अंचल, जिल्ला, गाविस तमोर– कोशि लगायतको चार दिवारको सिमाना राष्ट्र हो भनेर ।” वराल भन्छन् “राजनैतिक विज्ञानको सि४ान्तको आधारमा, समाज विकासको सि४ान्तमा राष्ट्र भनेको जाती हो । राष्ट्र भनेको लिम्बु हो, राष्ट्र भनेको राई हो गुरुङ, तामाङ, नेवार, मगर, खस, मधेसी, थारु, कोच, शेर्पा लगायतका समुदाय वा जाती राष्ट्र हो । जातियता नै राष्ट्रियता हो, चार दिवारको सिमाना राट्रियता हुनै सक्दैन राज्यको अंग मात्र हो अर्थात राज्य हो । महामानव गौतम बुले पनि त्यहि कुरा भनेको थिए ।”
उनले बुद्धले नेपालबाटै लोकतन्त्रको सिद्धान्त प्रतिपादन गरेको तर हाम्रा दलहरुले विश्वबाट अर्काको सिद्धान्त ल्याई शासन गर्न गरेकोले समस्या समाधान नभएको बरालको भनाई थियो । उनले भने, बुद्धले गणतन्त्र र लोकतन्त्रको परिभाषा दिएका मात्र थिएनन त्यसलाई ब्यवहारमै लागु गरेरै देखाईदिएकाथिए । हाम्रा नेताहरुले बुद्ध शिक्षाबाट सिके हुन्छ ।
“लिम्बुहरु के चाहन्छन त्यो राष्ट्रियता हो । गुरुङ, मगर, राई, तामाङ लगायतका जातिहरुले वा समुदायले के चाहन्छन त्यो राष्ट्रियता हो । यसलाई गलत परिभाषा गर्दै नेपाल एकीकरणपछि आदिवासी जनजाति माथि विभेद गरेको छ, दमन गरिएको छ ।”
सामाजिक विभेद, राजनैतिक, सांस्कृतिक, वर्गिय, राष्ट्रियताको विभेद हुदै आएको कुरा नेपालका राजनैतिक दलहरुले स्वीकार नगरेको कुरा उनले वताए । राजनैतिक दलहरुले यस्ता विभेद स्वीकार गरेको भए आजको भोली नेपालमा संविधान वन्छ ।
‘दलहरुमा त्यहि राष्ट्रिय विभेद स्वीकार गर्ने र स्वीकार नगर्ने कुरामा नै अन्तरद्दन्द्द भएको छ । नेपाल एकीकरण भए यता राष्ट्र र राष्ट्रियता माथि विभिन्न कारणले विभेद भएको छ, दमन भएको छ । विभेदपूर्ण दमन भएकै कारण अन्तरद्दन्द्द भएको छ । अन्तरद्दन्द्द भएकै कारण संविधान वन्न सकेन । जवसम्म अन्तरद्दन्द्द रहन्छ तवसम्मै संविधान वन्न सक्दैन ।’
लिम्बुवानका अभियान्ता वराल १९सौं विश्व आदिवासी दिवसकै लागि आदिवासी जनजाति महासंघ हङकङको निमन्त्रणामा विहिवार सांझ नेपालबाट हङकङ आई पुगेका थिए । गैर आदिवासी मुलका वराललाई कार्यक्रममा भब्य स्वागत गरेका थिए । पहिचान सहितको संघिय लिम्बुवान र लिम्बुवान सहितको संघिय गणतन्त्र हुनुपर्छ भन्ने वराल यसअघि दक्षिण कोरिया, जर्मन लगायत विभिन्न राष्ट्रमा भ्रमण गरिसकेका छन् ।
“आदिवासी जनजातिहरु वाहुन र हिन्दु धर्मको विरोधि नभएको तर वाहुनवाद र हिन्दुवादको मात्रै विरोधि भएकोले आदिवासी जनजातिको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वराललाई निम्त्याईएको हो” भन्दै शुभकामना मन्तब्यको क्रममा भक्त दुराले आफ्नो कुरा राखे । सुभकामना मन्तब्यको क्रममा महावाणिज्यदुतको विषयको आन्दोलन जारि रहेको कुरा उनले वताए ।
प्रत्येक वर्ष मनाउने विश्व आदिवासी दिवसको अवसरमा हङकङमा आदिवासी वर्ष पुरुष र आदिवासी वर्ष महिलाको घोषणा हुने गरेको छ । १९सौं अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा वर्ष पुरुष नरेश शुनुवार भए भने महिलामा चन्द्र ज्योती आले मगर भईन । नरेश शुनुवार – शुनुवार समाज हङकङका अध्यक्ष हुन भने चन्द्र ज्योती आले मगर – मगार संघ हङकङको अध्यक्ष हुन ।
हरेक वर्ष अगष्ट नौ मा मनाईने विश्व आदिवासी दिवस हङकङमा समय मिलाएर मनाउने गरेको पाइन्छ । नेपाली आदिवासी जनजाति महासंघ हङकङले २००६ साल देखि यहाँ विश्व आदिवासी दिवस मनाउदै आएको छ ।
१९सौं अन्तराष्ट्रिय आदिवासी दिवस – आदिवासी जनजाति महासंघ हङकङले याउमातेई कम्युनिटि हलमा सनिवार सांझ एक कार्यक्रमको आयोजना गरि विभिन्न जातिय झाँकी सहित मनाएको थियो ।
जातिहरुको झाँकी प्रर्दशन गर्ने क्रममा मगर संघ हङकङ, किरात याक्थुङ चुम्लुङ हङकङ, तामाङ घेदुङ संघ, शेर्पा समाज, तमु समाज लगायतका विभिन्न जातिहरुले आ–आफ्नै भेष–भुषा, सांस्कृतिक गाजा–वाजा सहितको झाँकी पर्दशन र नृत्य प्रस्तुत गरेका थिए ।
आदिवासी जनजाति महासंघ हङकङको अध्यक्ष एम वी थापा मगरको अध्यक्षतामा भएको दिवस महासचिव हस्त अरुमहाङ (मास्वा)ले संचालन गरेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष दुर्गा तमु मिलनले स्वागत मन्तब्य गरेका थिए भने भक्त दुराले सुभकानमा मन्तब्य गरेका थिए । उक्त कार्यक्रममा हङकङका स्थानिय सामाजिक संघ–सस्थाहरु र विभिन्न राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधिकरुलाई अतिथिको असान ग्रहण गराएको थियो भने संचारकर्मी समेतलाई आसन ग्रहण गराएको थियो ।
रविन लिङदेन ‘आम्भु जेठा’