फुच्ची सुन्दरीको ताज लम्साल र घिमिरेलाई

Read Time:5 Minute, 49 Second

पोखरा, २६ साउन

सेकेण्ड मिस लिटिल वल्ड पोखरा–२०१३ को उपाधि सिनियरतर्फ अर्पण घिमिरे र जुनियरतर्फ पूजा लम्सालले जितेका छन् । अन्तरनिहीत प्रतिभा प्रष्फुटनका लागि भन्दै द लुक्स फेसन होमले शनिबार पोखरामा आयोजना गरेको सो प्रतियोगिताको फाइनलमा उपाधि जितेकी अर्पणले वेष्ट डान्सको उपाधि पनि आफ्नै पोल्टामा पारिन् । गण्डकी बोर्डिङ स्कुलमा कक्षा १० अध्ययनरत अर्पणको घर लमजुङ हो । सिनियरतर्फ फष्ट रनर अप र सेकेण्ड रनर अप क्रमशः कृपा गिरी र सिया तामाङ घोषित भए । गिरीले वेष्ट वाक र तामाङले मष्ट स्टाइलिष्टको उपाधि पनि हात पारे ।  जुनियरतर्फ उपाधि हात पारेकी १० वर्षीया पूजा लम्साल डाइनामिक बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत् छिन् । उनले वेष्ट स्माइलको सवटाइटल पनि जितिन्।  जुनियरमै मष्ट स्वीटको उपाधि हात पारेकी सोनिया अधिकारी फष्ट रनर अप र स्नेहा क्षेत्री सेकेण्ड रनर अप घोषित भए । दर्शक छनौटमा परेकी एलिशा गुरुङले वेष्ट पर्सनालिटीको उपाधि हात पारिन् ।

सिनियर र जुनिरतर्फ उपाधि विजेताहरु टर्कीमा हुने मिस लिटिल वर्डको अन्तिम छनौटका लागि काठमाडौ जाने अवसर पाउने द लुक्स फेसन होमका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले बताए ।
प्रतियोगितामा एञ्जल घलेले मष्ट क्युट, सन्ध्या रानाभाटले मष्ट हाइजेनिक, विपाशा श्रेष्ठले मष्ट कन्फिडेण्ट, सोनु थापाले मष्ट फ्रेण्ली, आकांक्षा पराजुलीले बेष्ट पोष्चर, मोनिका गुरुङले मष्ट स्किन, मनिषा गुरुङले मष्ट हेयरको उपाधि पाए ।  यसैगरी आचल पराजुलीलाई वेष्ट परफमेन्स, सुविक्षा गुरुङलाई वेष्ट डिस्सिल्पिन, शुभु थापामगरलाई वेष्ट ड्रेस, आरजु केसीलाई मष्ट क्रियटिभ र मष्ट ट्यालेण्टको उपाधि स्नेहा क्षेत्रीलाई दिइयो । सिनियरतर्फ १२ जना र जुनियरमा ६ जना प्रतिष्पर्धी सहभागी थिए।  विजेतालाई प्रमुख अतिथि समाजसेवी एवं रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखे, द लुक्स फेसन होमका प्रबन्ध निर्देशक रवीन्द्र बज्राचार्यले उपाधि विजेतालाई ताज पहिर्याएकाथिए  ।  

 निर्णायकहरु प्याब्सन कास्कीका सचिव सदानन्द गौतम, डा. हरिदयाल श्रेष्ठ, फष्ट मिस टिन नेपाल सुदाती श्रेष्ठ, नेपलिज काउन्सिलका निर्देशक इन्दिरा डंगोल, मिसेस नेपाल २०१३ का फष्ट रनर अप सोमा भुजेल, नेपाल सौन्दर्यकर्मी युनियनका कोषाध्यक्ष सुमन गुरुङ, पत्रकार विजय नेपाल, मोडल रेखा पुरी, मिसेस पोखराका फष्ट रनर अप आशा पहारी, सेकेण्ड रनर अप सविता बराल, मिस हङकङ ट्यालेण्ट २०१३ का सुजू पुन, मिस लिटिल पोखरा २०१३ नीशा बज्राचार्य, सेकेण्ड रनर अप सेजल गुरुङ, मिस लिटिल प्रिन्स एण्ड प्रिन्सेज सदीक्षा गुरुङ, चेरिष्मा इम्पोरियमका सञ्चालक सीता बराल, रेश्मा गुरुङलगायतले विभिन्न पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन मोनिका रानामगरले गरेकी थिइन् ।

करिब चार घण्टा चलेको कार्यक्रममा प्रतिष्पर्धीहरु विभिन्न चरणमा आकर्षक पोशाकमा स्टेज उत्रिएका थिए । सिनियरतर्फ फाइनलिष्ट पाँचभित्र अलिशा गुरुङ र आर्जन पराजुली पनि परेका थिए । अन्तिम राउण्डका प्रतिष्पर्धीले निर्णायक प्याब्सन कास्कीका सचिव सदानन्द गौतमको बालश्रम न्यूनीकरण सन्दर्भमा सोधेको प्रश्नको लिखित उत्तर दिएका थिए । कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरी दर्शकलाई थप मनोरञ्जन प्रदान गरिएको थियो । अमेरिका र हङकङमा बस्दै आएका नेपाली प्रतिष्पर्धीहरु पनि स्टेजमा देखिएका थिए । सहभागीहरुको व्यक्तित्व विकासका लागि आयोजकले गत साउन १ गतेदेखि नै विभिन्न तालिम प्रदान गर्दै आएको थियो ।  प्रतियोगितामा मिस कल्चर–२०१० सुरक्षा गुरुङले कोरियोग्राफी र प्रविन विजुक्छेले फोटोग्राफीको जिम्मा लिएका थिए भने सुभाष राईले नृत्य सिकाएका थिए ।
बिजय नेपाल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %