साउनको तेस्रो सोमबार सुनसरीको धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा भगवान शिवलाई जल चढाउनेको घुइचो लागेको छ । साउनको तेश्रो सोमवार मात्रै १ लाख भन्दा वढी भत्तजनहरुले जल चढाएको पिण्डेश्वर वावाधाम समितिका सचिव जयन्त गौतमले जानकारी दिए ।
आईतवार राति ११ बजेबाट मन्दिरको २ वटा ढोकाहरु खुलेका थिए । मन्दिरमा जल चढाउनेहरुको संख्या बढेपछि आयोजक पिण्डेश्वर बाबाधाम समितिले राति नै ढोका खोलिदिएको हो । मन्दिरमा साउनको तेस्रो सोमबारसम्म आइपुग्दा करिव ४ लाखले जल चढाएको वताईएको छ । मन्दिरमा जल चढाउनेको घुइचोसँगै रातिदेखिको अविरल बर्षाको कारण भक्तालुहरु रुझ्दै मन्दिरमा जल चढाएका थिए । पिण्डेश्वरमा जल चढाउनेहरुका कारण अहिले धरान गेरुवस्त्रधारीमय भएको छ । पिण्डेश्वर वावाधाममा साउनको सोमवारमा जल चढाएमा पुन्य प्राप्त हुने विश्वास गरिन्छ । त्यसैले हरेक साउनको सोमवार सप्तकोशी नदीवाट जल ल्याएर भत्तजनहरुले चढाउने गर्दछन् । पिण्डेश्वर वावाधामको वोलवंम मेला धरानको धार्मिक मेला पनि हो । सुनसरीको धरानमा रहेको पिण्डेश्वर वावाधाममा नेपाल लगायत भारतको सिक्कीम, दार्जिलिङ, विहार, भुटान, वंगलादेश लायातका लगायतका भक्तजनहरु आउने गर्छन ।
भैरब आङ्ला, धरान