राष्ट्रिय जनमुक्ति पार्टी लिम्वूवान राज्य परिषदले अरुण पुर्वका नौ जिल्ला लिम्वूवान वन्द गरेको छ । विहानै देखिको वन्दको कारण कुनै पनि यातायातका साधन चलेका छैनन् । वन्दकर्ताहरु सडकमा विहानै देखि वन्द गराउदै हिडिरहेका छन् । प्रेसका गाडी, एम्वुलेन्स, दमकल, दुधका गाडी र कुटनितिक नियोकका गाडी वाहेक अन्य सवारी साधन चलेकाछैनन् । मोटरसाईकल भने चलिरहेका छन् । पुर्वको सुनसरी, मोरङ, झापा, ईलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटा जिल्लामा वन्दको प्रभाव परेको छ । बन्दका कारण सुनसरीको इटहरीबाट पुर्व जाने र उत्तर तर्फ जाने सवारीका साधन चल्न सकेका छैनन् । बन्दका कारण झापा र धरानदेखि पहाड तर्फ जाने सवारीका साधन पनि नचलेको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । इटहरीबाट बिराटनगर तर्फ जाने र इनरुवाo तर्फ छुट्ने सवारीका साधन भने फाट्ट फुट्ट चलेको प्रहरीले जनाएको छ ।
तेह्रथुम सहित धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लामा सवारी चलेका छैनन् । जिल्लाभरका कुनै पनि सडकमा सवारी नचल्दा यात्रुले सास्ती खेपेका छन् । तेह्रथुमका म्याङलुङ, वसन्तपुर, शुक्रवारे जिरिखिम्ती लगायतका वजार आंशिक रुपमा वन्द छन् । वन्दकर्ताको उपस्थित न्युन मात्रामा देखीए पनि वन्दको प्रभाव भने जिल्लाभर परेको छ । सदरमुकाम र अन्य वजार क्षेत्रमा प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । यस्तै धनकुटा हिले ,धनकुटा तेह्रथुम खण्डमा पनि कुनैपनि सवारी साधन चल्न सकेको छैन् । सवारी साधन बन्द भएपनि सदरमुकाम धनकुटा लगायतका वजारहरु पनि खुलेको छ । खासगरि आजदेखी धनकुटामा हुने लोकसेवा आयोगको परिक्षार्थीहरु यातायात बन्दका कारण समस्यामा परेका छन् । सप्तरी ,सिरहा,मोरङ लगायतका तराइका जिल्लावाट लोकसेवाको परिक्षाका लागि धनकुटा आउन लागेको परिक्षार्थीहरु धरान, भेडेटार लगायतका स्थानमा रोकिएका छन । वि.सं १८३१ साउन २२ गते लिम्वूवान जाली सम्झौता गरेर खोसिएको दिनको स्मरणमा साउन २२ गतेलाई कालो दिनकोरुपमा मानेर विरोध स्वरुप लिम्वूवान वन्दको आवहान गरिएको लिम्वूवान राज्य परिषदका संगठन सचिव लोक आङ्लाले जानकारी दिएका छन् ।
भैरब आङ्ला , धरान