सबैलाई पछार्ने ‘पोखरेली हट’को सपना

Read Time:3 Minute, 0 Second

पोखरा, १ साउन
रेखा पुरी पोखरेलीहरुका लागी कुनै नौलो नाम होईन । उनी यहाँ स्थितगोल्डेन आई टेलिभिजनकी भिजे समेत हुन् । त्यसका अलावा उनी मोडलिङमार्फत देशभरि नै चर्चित छिन् । पछिल्लो समय पोखरामा एक दशकपछि मञ्चन भएको नाटक ‘अन्तराष्ट्रिय रक्सीभट्टी’की नायिका समेत हुन् ।
पप तथा आधुनिक गीतका म्युजिक भिडियोहरुमा समेत पोखराबाट सबैभन्दा बढि राष्ट्रियस्तरमा छाउने मोडलमा उनी अग्रस्थानमा आउँछिन् । यीनै पोखरेली बाला यतिबेला साप्ताहिकजोय पपैया ग्लामर हन्ट २०१३ को लागी प्रशिक्षणमा व्यस्त छिन् । कान्तिपुर पब्लिकेशनले प्रकाशन गर्ने पत्रिका ‘साप्ताहिक’को आयोजनामा भएको यो प्रतियोगिताको फाईनल यहि शनिबार काठमाण्डौमा हुँदैछ ।


नेपाली फिल्मका नायिका र राष्ट्रियस्तरका मोडलहरुबिच हुने यो प्रतिस्पर्धामा उपाधी हत्याउने होडमा यतिबेला पोखरेली मोडल रेखा पनि लागि परेकी छन् । ‘मेरो लक्ष्य जित नै हो’ काठमाण्डौ बसेर प्रतियोगिताको तयारी गरिरहेकी पुरीले भनिन्– यसका लागी मेरो प्रयास रहनेछ ।’ देशभरबाट उत्कृष्ट १३ मा परेर उत्कृष्टहरुसंग प्रतिस्पर्धामा उत्रनु नै आफ्नो सफलता भएको समेत उनले भन्न छुटाईनन् ।
प्रतियोगितामा अशिष्मानकर्मी, अदिती बुढाथोकी, सपना अधिकारी, शुस्मा अधिकारी, अनिता आचार्य, प्रतिमा गिरी, रुबिना उपाध्याय, मनिता ढुंगाना, श्रेयानी संग्रौला, स्यारोन श्रेष्ठ, शिल्पा पोखरेल लगाएतका नायिका तथा मोडलहरु समेत प्रतिस्पर्धी छन् ।


रेखाले काठमाण्डौबाट नै पोखरेलीहरुलाई  भोट गरेर जिताउनका लागि आग्रह गरेकी छन् । प्रतियोगितामा रेखालाई जिताउन joy space 13 लेखेर ८०८० मा सेन्ड गर्नुपर्ने हुन्छ । प्रतियोगितामा विजेताले १ लाख रुपैँया नगद सहित पपैया ब्राण्डका विज्ञापनहरुमा मोडलिङ गर्ने मौका पाउनेछन् । ‘पोखरेलीहरुको मायाले नै अहिले म यो ठाउँसम्म आईपुगेकी छु’ रेखाले भनिन्–‘आशा छ यो पटक पनि पोखरेलीमाया मलाई हुनेछ र म पोखरा फर्कँदा विजेता बनेर फर्किनेछु ।’

सविता मगर पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %