हरेक बर्ष नोवेम्बर महिनामा देशका लागि सहादत प्राप्त गर्ने विरहरुको सम्झनामा मनाइने ‘रेमम्बेरन्स डे’ यसपाली पनि देश भर विविध कार्यक्रम सहित मनाइयो । विरगती प्राप्त हरुको सम्झनामा मनाइने यस दिनमा भुपु गोर्खा सैनिक लगायत का सम्पुर्ण गोर्खालीहरुले पनि हार्दिकताका साथ यो दिवस मनाए ।
पप्पी फुल
यसपाली विशेश गरि अफगानिस्तानमा सहादत प्राप्त हरुको सम्झनामा बिशेष कर्यक्रम गरियो । उनीहरुको परिवारहरुको सहयोगार्थ विविध च्यारिटी कार्यक्रम गरिएकोथियो ।
सन १९८१मा यसैदिन लगभग चार बर्ष लामो प्रथम विश्वयुद्ध औपारिक रुपमा बन्द गरिएकोथियो ।
११ महिना ११ गते ११ बजे बन्दुक ,गोली बन्द गरि प्रथम विश्वयुद्ध बन्दको घोषणा गरिएको र सोही युद्धमा मारिएकाहरुको सम्झनामा पहिले ‘आर्मिस्तिक डे’ भनि मनाइन्थ्यो । दोश्रो बिश्वो युद्ध पछि यसैलाई ‘रिमेम्बरेन्स डे’ भनि मनाउन प्रारम्भ गरिएको हो । यसलाई पप्पी डे पनि भनिन्छ ।
प्रथम विश्वयुद्धताका पश्चिम बेल्जियमको फलन्दर्स भन्ने ठाँउमा भीषण युद्ध हुँदा सम्पुर्ण मानव वस्ती लगायत प्राणी र सम्पुर्ण रुख ,बोट बिरुवा आदि पनि नहरने गरि तहस्नहस भएको थियो । एउटा सुन्दर शहर भग्नावसेस बनेको थियो ।
जो बाँचेका थिए उनिहरु एक पनि एकपसमा लडी रहेका थिए । त्यतिबेला पप्पी फूल मात्र जिवित पाइएको थियो । त्यस फुललाई एक प्रकारको जीवन ,आशा ,हौसलाको प्रतिक मानियो । त्यस समयमा डा। जोन म्क ग्रेस क्यानिदयन आर्मी फोर्समा थिए ।
उनी त्यो घट्नाबाट अत्यन्त प्रभावित भई ूइन फ्ल्याइन्दर्स फिल्द ूभन्ने कविता कोरे जुन अत्यन्त चर्चित बन्यो र पप्पी सैनिक हरुको सम्झनामा लगाइने प्रतिकको रुपमा स्थापित बन्यो । पछि अमेरिकाकी मोइरा माइकलले जवाफमा ‘वी श्याल किप द फेथ’नामक कविता रचिन जसमा ती विर हरुको सम्मानमा पप्पी फुल पहिरिने बाचा गरिएको थियो ।
पछि यो प्रचलन नै बन्यो । ब्रिटेनमा नोवेम्बर ११, १९२१ देखी यो दिवस मनाइने प्रचलन बस्यो । संगसंगै हरेक ग्रिस्म रितुमा फुल्ने यस फुललाई आशा ,उत्साह ,हौसलाको प्रतिक मान्न पनि थालियो ।
शब्द: डा.चजिन्द्र राना मगर, बेलायत
फोटो : विशन थापा ,रेडिङ