हे भगवान किन बनाईस ‘सार्की’ मलाई ?

Read Time:4 Minute, 57 Second

       

धनी होस या गरिब, दलित हुन या गैरदलित, सबैलाई समान हक अधिकार प्रदान गर्दै समान ब्यहार गर्नु सरकारको दायित्व हो । समान अधिकार र समान पहूँच प्राप्तगर्नु आम नागारीकको संविधान प्रद्धत्त अधिकार हो । तर दलित भएकै कारण संविधान र कानूको खिलाफमा कसैलाई सामाजिक बहिस्करणमा पार्नु,  तथाकथित उच्च जातिका कारण आफ्ना हक अधिकारबाट बञ्चीत हुनु कानुनको बिरुद्धमा हुन्छ । तर दलित भएकै कारण न्याय खोज्दा मरसान्न हुने गरी पिटाई खानु, कालो मोसो दलेर अपमानित गरिनु कस्तो बिडम्बना ! पीडितले आफु बलात्कृत भएको भन्दै न्यायको लागि याचना गर्दा उल्टै कालो मोसो दलेर सामूहिक रुपमा अपमानित हुनुपर्ने कस्तो नियती हो ।  यस्तै भएको छ मोरङको बेलवारीमा ।
माया सार्कीले मोरङ बेलवारीका जीवन भेटवालले आफूलाई बलात्कार प्रयास गरेको आरोप  लगाएपछि आरोप गलत भएको भन्दै बेलबारीबाट प्रकाशन हुने फाइट साप्ताहिकका कार्यकारी सम्पादक मनोज विश्वकर्मा तथा स्थानिय माया सार्कीलाई  स्थानियले कुटपिट गरेर कालोमोसो दलेकाछन् ।
पीडित महिलाले पत्रकार विकको सहयोगमा आफुमाथि भेटवालले बलात्कारको प्रयास गरेको भन्दै ईलाका प्रहरी कार्यालय बेलबारीमा मौखिक उजुरी दिएपछि आरोपको विषयमा गाँउमा छलफल गरिएको र छलफलले भेटवाल निर्दोष रहेको देखिएपछि कुटपिट गरेको भेटवाल समुहले जनाएको छ । भेटवाल पक्षबाट कुटिएको भन्दै विक र सार्की प्रहरीमा पुगेपछि प्रहरीले दुवै पक्षलाई बोलाइ गरेको छलफलमा आइन्दा अनावश्यक आरोप नलगाउने र मिलेर बस्ने भनी मिलापत्र गरेको इलाका प्रहरी कार्यालय बेलबारीका सइ सुरेन्द्र अधिकारीले बताए ।
मोरङको बेलबारी–३ की २३ वर्षीया मञ्जु सार्की र सोही ठाउँका ३० वर्षीय दलित अगुवा मनोज विश्वर्कमालाई गाउँलेले कुटपिट गदै मोसो दलेर जुत्तको माला लगाएका हुन ।मोसो दलेको घटनालाई दबाउन गाउँलेले प्रहरी कार्याालयमा आइन्दा गल्ती नगर्ने भन्दै घटना दबाउने प्रयास गरेको पीडित पित्रकार विक र सार्कीको छ ।
ईलाका प्रहरी कार्यालयका निरीक्षक दिलिप गिरीले मोसो दल्नु मानवअधिकार विपरित भएको भन्दै पीडितलाई जाहेरी दिन सम्झाएपनि नमानेको र दुवै पक्षले मिलापत्र गरेर गएको बताए । प्रहरीका अनुसार दुई दिनअघि केही युवाले पति वैदेशिक रोजगारमा गएर्का मायालाई सॉझ यौन दुब्र्यवहार गर्न खोजेका थिए ।
प्रहरीले छाडेपछि  सोमबार बिहान गाउँमा झुटो आरोप लगाएको भन्दै छलफल बोलाइएकोथियो । छलफलमा आएकै बेला महिलालाई उनीहरुले कुटपिट र गाली गर्दै मोसो दलेर जुत्ताको माला लगाएर दुब्र्यवहार गरेका थिए । महिलालाई दुब्र्यवहार गरिसकेपछि नजिकै रहेका सहयोगी मनोजको घरमै पुगेर उनलाई पनि गाउँलेले मोसो दलेका थिए ।
बुधबार राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ती प्रकाशित गदै उक्त घटनाले आयोगको गम्भीर ध्यानाकर्षण भएको र घटनाको सत्य तथ्य पत्ता लगाउन स्थानिय प्रशासनलाई निर्देशन दिएको छ । घटनाको अनुसन्धान निर्भयका साथ गर्न र दोषी उपर कडा कारवाही गर्न समेत जनाएकोछ । उता स्थानिय प्रहरीले भने पीडित पत्रकार मनोज विश्वकर्मा र  सार्कीलाई कुटपीट गर्दै कालोमोसो दल्ने जीवन भेटवाल लगायत दुई पुरुष र चार महिलालाई पक्राउ गरी कारवाही अघि बढाएको जनाएको छ ।
आनन्द गुरुङ, काठमाण्डु
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %