जनजाति-महाबाणिज्यदुत वार्ता पुनः विफल

Read Time:6 Minute, 23 Second

आईतवार चिमसासुई स्थित नेपाली महाबाणिज्यदुताबासमा बसेको दोस्रो चरणको जनजाति- महाबाणिज्यदुत वार्ता बिफल भएकोछ । यसपटक वार्तामा संचारकर्मीहरुलाई निषेध गरिएकोथियो । पहिलो वार्तामा भएका कुरा र फोटा सार्वजनिक भएपछि महासंघ र कन्सुलर कार्यालयले यसपटक कड़ाई गरेकोथियो । तर राज्यसत्ताले यसपटक पनि त्यहाँ भित्र के के कुरा गरिएकोथियो भन्ने जानकारी र फोटो आफ्ना पाठकहरुका निम्ति खोजिनीति गरेर जुटाईदिएकोछ ।

७ जुलाईमा सम्पन्न पहिलो चरणको वार्ता तयारी नपुगिएको भन्दै गत आईतवारको लागि निर्धारण गरिएकोथियो । तर आईतवार पनि पहिलो चरणमा गरिएकै कुराकानी डोहोरिएपछि वार्ता निष्कर्ष विहीन हुन गयो ।
महाबाणिज्यदुत महेश प्रसाद दाहालले आफु कर्मचारी भएकोले केहि गर्नै नसक्ने बताएर आफ्नो सीमा
स्पष्ट पारेकाथिए । उनले महाबाणिज्यदुताबासबाट गर्न सकिने सेवा सुविधा के के उपलब्ध गराउन सकिन्छ आफुले त्यसमा मात्र कुरा गर्न सकिने कुरा डोहोर्याएकाथिए । आईहाले अब मलाई सहयोग गर्नुस भनि अनुरोध गरेकाथिए । केहि गर्न सक्ने आफ्नो हैसियत नभएको बताएपछि जनजाति प्रतिनिधिहरुले उसोभए किन वार्तामा बोलाएको त भनि प्रतिप्रश्न गरेकाथिए ।
तर उनले एउटा कुरा भने नयाँ गरे । एक सहभागी दाहालले भनेको स्मरण गर्दै भन्छन्,” म नेपाल सरकारसंग सम्बन्धन भएका एनआरएनए र चेम्बर अफ कमर्सको कार्यक्रममा जानै पर्यो ।” आफु नेपाली हितमा काम गर्न आएको हुनाले ति संस्थाको कार्यक्रममा नरोक्न घुमाउरो पारामा भनेका दाहालले बरु अन्य संस्थाका कार्यक्रममा नजाने लेनदेनका शर्त राखेकाथिए । दाहालले कुटनीतिक रुपमा आफुलाई यी २ संस्थाको कार्यक्रममा जान दिईनुपर्ने र आफुले महाबाणिज्यदुताबासबाट हुन सक्ने सेवा दिन सक्दो प्रयास गर्ने यो उनको तर्फबाट आएको घुमाउरो तर प्रष्ट प्रस्ताव थियो । उनको यस्तो प्रस्तावलाई जनजाति प्रतिनिधिहरुले ठाडै अस्वीकार गरिदिएको ति सहभागी बताउँछन् । उनी भन्छन्, नेपालमा दर्ता नभएको संस्था र ब्यापारीहरुकोमा जान तिनलाई त्यत्रो आईतवार तर बहुसंख्यक नेपालीको संस्थामा भने नजानपनि तयार ? उनको त्यो प्रस्तावले उनी जनजातिहरुलाई कसरी हेर्दा रहेछन् भन्ने प्रष्ट भै हाल्यो नी !’
नमिल्ने भएपछि दाहालले अर्को सेफल्यान्डिगं प्रस्ताव अघि सारेकाथिए । ति सहभागी दाहालको भनाई उद्धरण गर्दे भन्छऩ् ‘उसो भए तपाईहरु हगंकगमा किन जनजाति कन्सुलर चाहिएको हो कारण सहित एउटा ड्राफ़्ट ल्याउनोस् । म परराष्ट्र मन्त्रालयमा पठाईदिन्छु । मन्त्रालयले आवश्यक कार्यवाही बढाउंछ ।’भनेकाथिए ।
उनको भनाईमा दाहालले म आईसकेकोहुनाले तत्काल जनजाति आउन नसक्ने बरु त्यो ड्राफ्टले अब आउने नयाँ कन्सुलर जनजाति पठाउन दवाव बढाउने हुनाले त्यसमा म पुर्ण सहयोग गर्न तयार छु,भनेकाथिए । उनले बारम्बार आफ्नो नियुक्ति राजनीतिक नभएकोले सहयोग गर्न अनुरोध गरिरहे । करिब १ घण्टाकाे वार्तामा कुरा नमिलेपछि जनजाति प्रतिनिधिले ‘ हामी संस्थाहरुसंग कुरा गरेर मात्र भन्न सक्छौं भन्दै उठेपछि दाहालले पनि तपाईहरुलाई वार्ताको लागि जहिल्यै ढोका खुल्ला छ भनि विदावारी गरेकाथिए । त्यहाँबाट बाहिर निस्किएको महासंघ आज ३ दिन भैसक्दापनि चुप्प लागेर बसिरहेकोछ । त्यसैले हामीले महासंघका बरिष्ठ सल्लाहकार भक्त दुरालाई किन मौन भनि सोधेका थियौं । उनले वार्ता बिफल भएको र आन्दोलनको बिकल्प नभएको बताए । उनी भन्छन्, वार्ताबाट कुनै उपलब्धि नभएकोले शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिईन्छ । महासंघले ७ बर्ष देखि जनजाति महाबाणिज्यदुत चाहियो भन्दै संघर्ष गरिरहेकोछ । यी आएपनि महासंघले यहाँका संस्थाहरुलाई दाहाललाई कार्यक्रममा नबोलाईदिन उर्दी जारी गरेकोछ, जसको अहिले सम्म कसैले अवज्ञा गरेका छैनन् ।
वार्तामा महाबाणिज्यदुतबासको तर्फबाट महाबाणिज्यदुतसंग बाणिज्यदुत किरण शाक्य र एक अर्का सहचरी थिए भने जनजातिका तर्फबाट अध्यक्ष एमबी थापा, सचिव विमल राई, संघर्ष समितिका अध्यक्ष भुपेन्द्र चेम्जोगं, सल्लाहकार भक्त दुरा र किसन राई, शेर्पा समाजका पासागं शेर्पा, गुरुगंबाट बिसन गुरुगं, तामागंबाट भवेस तामागं, मगरबाट हेम थापा र भीम थापा सहभागी थिए ।


यो पनि पढ्नोस् –

जनजाति महासंघको प्रतिकार समिति गठन

खिचातानीले सेलायो जनजाति जोश

किन विफल भो जनजाति-महाबाणिज्यदुत वार्ता


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %