एनआरएनले कुरा नसुनेपछि गगनलाई कालो झण्डा

Read Time:2 Minute, 39 Second

  यूकेमा भएको एनआरएनको कार्यक्रममा गणतान्त्रिक नेताको उपाधि पाएका नेकाका प्रखर युवा नेता गगन थापालाई जनजातिहरुले कार्यक्रम थलो मै गएर कालो झण्डा देखाएकाछन् । आदिवासी जनजाति महासंघ लगायत जनजाति दल नजिकका भातृसंस्थाहरुले त्यस्तो विरोध गरेकाहुन् । कार्यक्रम स्थलमै रहेकि युके स्थित हाम्रा राज्यसत्ता संवाददाता कमला थापाका अनुसार,सिटी बजाएर मुर्दावाद गर्दे पहिचान सहितको संघीयताको विरोध गरेको भन्दै थापाको विरोध गरिएको थियो। गत महिना अमेरिकामा उनका दलका सभापति सुशिल कोईरालालाई अमेरिकाका जनजातिले त्यस्तै गरि विरोध गरेकाथिए । 

च्यारेटिबल कार्यक्रम गर्ने  भन्दै एनआरएन युकेले नेकां नेता गगन थापालाई बोलाउने निधो गरेको सुनेपछि युकेका जनजाति संस्थाहरुले उनी पहिचान सहितको सँघीयता विरोधी भएकोले नबोलाईदिन अनुरोध  गरेकाथिए । यस्तो अनुरोध पटकपटक गरिएकोथियो ।तर त्यस्तो आग्रह नमानी हिज च्यारिटी डिनर कार्यक्रम गरिएकोथियो । एनआरएन र जनजाति संस्थाहरुबीच चलेको यस्तो दोहोरीका कारण एक जना सहभागीको भनाईमा कार्यक्रममा मान्छे पनि कम र अस्तब्यस्त थियो । त्यहि जनजाति संस्थाका मान्छेले सिटी फुक्दै कालो झण्डा देखाएपछि झन भद्रगोल हुन पुगेकोथियो । नेपाल आदिवासी जनजाति महासंघ बेलायतका महासचिव नरेश काङबाङ, सल्लाहकार थर्क रानाको नेतृत्वमा महासंघका समर्थकहरु, नेपाली संघीय समाज, युकेका नेता तथा कार्यकर्ता, राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन द हिमालयन अर्गानाइजेसन बेलायतका नेता-कार्यकर्ता, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रवास कार्य समिति बेलायतका नेता तथा कार्यकर्ताहरुहरुले   विरोध जनाउन पुगेकाथिए  ।

चजिन्द्र राना,युके

तस्वीर – नरेश काङमाङ  राई 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %