एनआरएन हगंकगंको नाममा दुईटा संस्थाबीच परेको घमासान कुस्तीको फ़ाईदा दार्चुलाका बाढीपीडितहरुले पाउने भएकाछन् । गएको आईतवार विद्रोही एनआरएनले पत्रकार सम्मेलन गरि दार्चुला पीडितहरुको नाममा आउने महिना सांगितिक कार्यक्रम गर्ने घोषणा गर्ना साथ संस्थापनले पनि आउने आईतवार रात्रि भोज आयोजना गरि पीडितहरुका निम्ति सहयोग उठाउने बताएको छ ।
प्रचारबाजीका लागि दुबै संस्थाबीच फ़ेसबुक र मेल युद्ध चलिरहेकोछ । फ़ेसबुकका भित्तामा कसले बढी ट्याग गर्ने, कति धेरै शेयर गर्ने भन्दै चलेको यस मारामारीमा दार्चुलाबासीहरु भने कमोडिटीको रुपमा उपयोग भएकाछन् ।
ट्यागले हैरान केहिले तिखो प्रतिक्रिया पनि दिएकाछन् । ( हेर्नोस चुरा थापाको स्टाटस)
विद्रोहीलाई जनजाति महासंघकै अध्यक्ष एमवी थापा र तिनका टिमले पुस गरिरहेका छन् भने यता संस्थापनको पछाडी यहाँका हुनेखाने ब्यापारीहरुको लश्कर छ । यी दुईको बीचमा सबैभन्दा बढी अटेसमटेस भएका एनआरएनका एशिया संयोजक त्रिलोक गुरुगंलाई पर्नु धर्मसंकट परेकोछ ! बिद्रोहीलाई खुलेर समर्थन गरिए हेडक्वाटरको आँखी भईने र आउने महाधिवेशनबाट ताकेको उपाध्यक्ष पद धरापमा पर्ने डर ! नगरौ अब लड़ाई खुलेरै मैदानमा आईपुग्यो ।
तर यहाँ के खासखुस चल्न शुरु भएको छ भने बिद्रोही एमवी त निमित्त पात्र मात्र हुन् । उनका टाउको माथि त्रिलोकको हात छ र एमवीलाई उपयोग गरि उनी केन्द्रीय पद हात पार्ने दाँउमा छन् । त्रिलोक एनआरएनका निबर्तमान अध्यक्ष देवमान तुलाचन पक्षधर हुन्, जसको त्यहाँ भित्र जनजाति लविगं गरि पद प्राप्त गर्न खोज्छन भनि कुरा काटिन्छ । त्यसै कारण होला विद्रोहीहरुलाई समर्थन दिन जनजाति नेताहरु खुलेरै लागेका देखिन्छन् । त्यसमा कति सत्यता छ पछि खुल्ला तर यस्तो विवादले बाढीपीडितहरुले भने राहत पाउने भएका छन् ।
१- बिद्रोही एनआरएन – बाँयाबाट क्रमश – जनजाति महासंघका अध्यक्ष थापा, बिद्रोहीका अध्यक्ष एमबी, कलाकार संघ हंगकंगका सह सचिब हेम रार्इ र जनजाति नेता त्रिभुवन लिम्बु
२- चुरा थापाको स्टाटस
३- संस्थापन पक्षको पोस्टर