१लाख५० हजारको मुस्कान

Read Time:5 Minute, 1 Second

४८ जिल्लाका कुल ७ सय ७० प्रतिस्पर्धीलाई पछाडि पार्दै पोखरा १७ विरौटाकी मुस्कान रानाभाटले सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन २०१३ को उपाधि जितिन् । विग आईकनको चौथो सँस्करणसम्म आईपुग्दा महिला प्रतिस्पर्धीले उपाधी हात पारेको यो  पहिलो पटक हो । यसअघि  गगन पुन, सुमन गौतम र नविन काफ्लेले जितेका थिए । चौथो सँस्करणको विग आईकनको उपाधिसंगै मुस्कानले एक लाख पचास हजार रुपैँया बराबरको पियाजियो स्कुटर र बेलायत भ्रमणको मौका पाएकीछन् ।

 शनिबार पोखरा सभागृहमा भएको भब्य कार्यक्रमको बिचमा प्रमुख अतिथि गायक निमा रुम्बाले  विजेताको घोषणा गरेका थिए । विजेतालाई रवी अटोमोबाईल्सका प्रबन्ध निर्देशक टिकाकुमारी गुरुङले स्कुटरको चावी हस्तान्तरण गरेकी थिईन् ।  आईकन घोषणासंगै मुस्कानले प्रतिक्रिया दिईन्–‘म संगै मेरो परिवार, स्कुल, आफन्त र शुभचिन्तकहरुले गरेको अपेक्षा आज आएर पुरा भएको छ ।’ विग आईकन भएसंगै सांगीतिक दुनियाको यात्रा शुरु भएको उनले सुनाईन् ।  मुस्कान फिस्टेल उच्च माविमा अध्ययन गर्छिन ।

 प्रतियोगितामा मिलन गुरुङ फस्ट रनरअप भए भने बागलुङकी लक्ष्मी थापा सेकेन्ड रनरअप भईन् । फस्ट रनरअप गुरुङले ७५ हजार रुपैँया नगद प्राप्त गरे भने सेकेन्ड रनरअप थापाले ५० हजार रुपैँया नगद प्राप्त गरिन । ग्राण्ड फिनालेको दिन फाईनलिस्टसंगै प्रतियोगिताका उत्कृष्ट १० को विशेष प्रस्तुती समेत रहेको थियो । प्रतियोगिताकै सबैभन्दा कान्छि प्रतियोगी प्रशान्ती राईको प्रस्तुती कार्यक्रममा विशेष आकर्षणमा परेको थियो । सभागृहहलमा खचाखच भरिएका दर्शकहरुले उनलाई ठुलो हुटिङसहित साथ दिएका थिए । ग्राण्ड फिनालेमा प्रतियोगिताका निर्णायक मध्येका एक विनोद बाँनियाले समेत एउटा गीत प्रस्तुत गरेका थिए ।

 ग्राण्ड फिनालेमा प्रमुख अतिथिको रुपमा आएका चर्चित गाएक निमा रुम्बाले केन्द्र बाहिर रहेर पनि विग एफएमले सांगीतिक प्रतिभाको खोजीका लागी यति ठुलो मञ्च दिएको भन्दै खुशी ब्यक्त गरे । ‘संगीत बजार ओरालो लागिरहेको बेला विग एफएमले यत्ति ठुलो सांगीतिक कार्यक्रमलाई सफल बनाउनु सानो कुरा होईन ।’ उनले भने–‘संगीतका लागी योगदान दिने यस्तै कार्यक्रम हुन सके मात्र सांगीतिक बजारले गति लिन्छ ।’ विग आईकनलाई निरन्तरता दिन उनले विग एफएम टिमलाई आग्रह समेत गरे ।

 करिब दुई महिनासम्म चलेको चौथो सँस्करणको विग आईकन सफल बनाउनका लागी सहयोगीहरुलाई एफएमले मायाको चिनो समेत प्रदान गरेको थियो । चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको थियो भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको थियो । त्यस्तै  दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा रहेको थियो । उप–प्रायोजकमा  इटालियन स्कुटर/बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबी अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र  ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा  थिए । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा  थियो । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका थिए ।  रिदम ब्याण्ड अफिसियल ब्याण्ड पार्टनरको रुपमा रहेको थियो ।
 

रेम बिक,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %