मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष एवं पूर्व सञ्चारमन्त्री राजकिशोर यादवले संविधान निर्माणका आधारभूत सिद्धान्तमा सहमति नगरी संविधान सभाको निर्वाचन गरिए त्यो कर्मकाण्डी मात्र हुने बताएकाछन् । उनले विपक्षी दललाई विश्वासमा नलिईकन कुनै पनि हालतमा मंसिर ४ गते चुनाव हुन नसक्ने बताए।
आज नेपालगन्जमा अवधि पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो कुरा बताएकाहुन् ।
संविधान सभा सबै नेपालीको साझा एजेन्डा भएको हुदां सबै जात, धर्म र वर्गको भावनाको कदर गर्नुपर्ने र बाध्य भएर हतियार उठाउन पुगेका शसस्त्र भूमिगत समूहलाई पनि शान्ति वार्तामा आउन आग्रह गदै तिनलाई राजनीतिक आस्थाका आधारमा शान्ति बार्तामा ल्याउनु राज्यको दायित्व भएको उनको भनाई थियो । तर त्यसो गर्दा अपराधि गतिविधिमा लागेकाहरुलाई कानुनीरुपमा संजाय दिनुपर्ने बताउंदै कानुनको पालना सबैले गर्नु पर्ने उल्लेख गरे । उनले भने,’संघियता, पहिचान र सामर्थ्य सहितको संविधान निर्माण गर्न ठूला दलहरु नै चुकेकाहुन् । तर अब तिनका षड्यन्त्र चल्दैन। संघीयता सहितको संविधान निर्माण गर्न कसैले रोक्न सक्दैन ।’
दीपा आले, नेपालगन्ज