गुपचुप ‘च्यारिटेबल’ क्याटवाक

Read Time:3 Minute, 28 Second

हगंकगं संवाददाता

च्यारिटेबल कार्यक्रम गर्दा सबै भन्दा बढ़ी आवश्यक तत्व के के हुन् ? जवाफ रेडीमेड छ- मोटा स्पन्सर, भरपुर दर्शक र त्यो भीड़ जुटाउन धुँवाधार प्रचार ! तर जब आयोजक नै यी सब चीजलाई मतलब नगरि कार्यक्रम गर्छ भने त्यसको अर्थ के हुन सक्ला? यसको सहि जवाफ आयोजकलाई राम्ररी थाहा होला तर अस्ति आईतवार भो,त्यस्तै ।


नाम नसुनिएको अल्टर नामक संस्थाले अनाथ बच्चाहरुका निम्ति सहयोग संकलन गर्न गरेको भनिएको मनोरन्जनात्मक कार्यक्रममा न त दाताहरु थुपार्न ज़रूरी ठानियो न संचारकर्मीहरुलाई बोलाउन । एक स्थानीय वेवपोर्टलमा राखिएको समाचार अनुसार, उक्त कार्यक्रम ईन्दिरा राना मगरले चलाउने नेपाल स्थित क़ैदीका बालबच्चाका लागी काम गर्ने पान नेपाललाई सहयोगका लागि गरिएकोथियो ।
त्यस्तो सेवाभावको कार्यक्रम गर्दा पनि किन मीडियाबाट भाग्नुपर्यो, किन सुटुक्क गर्नुपर्यो बुझ्न सकिएकोछैन । भर्खरका लालाबालाले आयोजन गरेकोले तिनले भेउ पाएनन् भनौं, एथ्निक भ्वाइसका फ़ोटो पत्रकार बिनय शाहको भनाईमा कार्यक्रम आयोजकको नाम अल्टर दिईएपनि त्यसको संयोजन गर्ने हर्ताकर्ता प्रायश मगरसंघ सम्बद्ध मान्छेहरु थिए । सौजन्यकर्ताको नाममा मगरसंघ हगंकगंका अध्यक्ष चन्द्र ज्योति आलेको नाम छ । विनय भन्छन्, संयोजन गर्ने सक्रिय सदस्यहरु दिनको दश चोटी ठोक्किदा समेत कार्यक्रम बारे केहि भनिएन । अरु पत्रकारलाई पनि बोलाईएको रहेनछ । उनले कार्यक्रम हुनु ३० मिनेट अघि मात्र पत्तो पाएर ‘बिन बुलाए मेहमान’ को रुपमा कम्युनिटी हल युमातेई पुगेकाथिए ।


मगरकै हालीमुहाली यस कार्यक्रम बारे मगरसंघका ज़िम्मेवार ब्यक्तिलाई समेत सुईको दिईएको थिएन । महासचिवलाई सोध्दा उनले कार्यक्रम सकिएपछि यस संवाददाताले प्रश्न गर्दा मात्र थाहा पाएको बताए । अन्य पदाधिकारीहरुको हालत पनि उनको जस्तै थियो । जबकि हल बुक गराउनै कम्तिमा ३ महिना अघि प्रक्रिया थाल्नुपर्छ । प्रचार गर्न नचाहेको भनौं भने कार्यक्रम सम्बन्धि पोस्टर समेत छपाईएको छ ( हेर्नोस पोस्टर)
एक सहभागीको भनाईमा दर्शक औंलामा गन्न सकिने थिए ।
यो कार्यक्रमबाट १६ हज़ार उठेको उल्लेख गरिएकोछ । त्यति नै बेला त्यहि बिल्डिगंमा गरिएको त्यस्तै प्रकृतिको कार्यक्रममा खोटागं समाजले तत्कालै २० लाख जम्मा गरेको थियो ।

तस्वीर विनय शाह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %