हगंकगं संवाददाता
१६ औं बार्षिक उत्सवको अवसरमा खोटागं समाज हगंकगंले गृह जिल्लामा आँखा अस्पतालका लागि भवन बनाईदिई पुण्य कमाउने भएकोछ । त्यसैको लागि गरेको बोलकवोलमा एकै दिनमा नेरु २० लाख उठाईदिएकोछ । हिंजो समाजले एक कार्यक्रम गरि त्यसरी सहयोग जुटाएकोथियो ।
संस्थाका अध्यक्ष अधिराज राई लगायत ६ जनाले १०-१० हज़ार हगंकगं डलर, १५ जनाले ५-५ हजार, ४ जनाले ३ जार र ९ जनाले २-२ हजारका दरले सहयोग गरेकाथिए । आज पनि त्यसमा थप रक़म जम्मा हुन आएको अधिराजले फ़ेसबुक अपडेटमा लेखेकाछन् ।
उनका अनुसार, यो क्रम आँउदो अक्टूबर सम्म चल्नेछ । समाजले यस अघि गृह जिल्लामा थुप्रा परोपकारी काम गरिसकेकोछ ।