चुनावमा धाँधलीपछि बेल्जियममा एनआरएन बहिस्कार

Read Time:12 Minute, 11 Second

केजिन राई, लुभेन बेल्जियम

७ जुलाईमा भएको गैर आवासीय नेपाली संघ बेल्जियमको चौथो अधिवेसनमा  धाँधली र अनियमितता खुलेरै गरियो । निर्वाचनमा लोकतान्त्रिक समावेसी समुह र समावेसी समुह नामबाट २ पक्ष निर्वाचनमा थिए । तर निर्वाचन प्रकृयामा तत्कालिन निर्वाचन समितिका संयोजक बोधराज पौडेल र निर्वाचन समितिले निष्पक्ष निर्वाचन नगरी आफुले आस्था राख्ने दल नेकपा एमाले र गठबन्धन  समुहलाई विजयी बनाउनको लागि फर्जि मत खसालेको प्रमाणित भएपछि समावेसी समुह निर्वाचन मतगणना स्थलबाट बाहिरिएका थिए । चार क्षेत्रमा करिव १०० फर्जि मत खसालिएको अनुमान गरिएपनि लुभेन क्षेत्रमा ३४ मत फर्जि खसेको प्रमाणित भएको छ ।

 धाँधली गर्नै स्टाईल
चार क्षेत्रमा संपन्न निर्वाचन मध्ये लुभेन क्षेत्रको निर्वाचन बुथमा १८ः०० बजे संपन्न भएको थियो । मतदान समापन पश्चात निर्वाचन समिति, दुवै पक्षका उम्मेद्वारका प्रतिनिधीहरु बसेर हिसाब गर्दा कुल ३३६ मत खसेको थियो । ३३६ मत खसेको र उक्त क्षेत्रमा ५०० मतपत्रहरु ल्याइएकोमा बाँकि मतपत्रहरु गन्ने काम गरियो । मतपत्र गन्दा १६४ मतपत्रहरु बाँकि थिए । ३३६ खसेको मत, बाँकि मत १६४ जोडेर निर्वाचन प्रमुख, त्यस क्षेत्रका निर्वाचन अधिकृत खडक केसी , दुवै पक्षका प्रतिनिधीको रोहवरमा लिखित मुचुल्का तयार गरेर मतपेटिका र बाँकि मतपत्रलाई शिलबन्दी गरिएको थियो ।
चार क्षेत्रका मतपेटिकाहरु जम्मा भए पश्चात आमसहमतिमा मतगणनाका प्रकृयाहरु र स्पस्ट आचारसंहिताहरु बनाई मतगणना सुरु गरिएको थियो । चार क्षेत्रका मतपेटिकाहरुलाई चार ठाउँमा गणना गरिएको थियो । जव लुभेन क्षेत्रको मतगणना सुरु गरियो । मतपेटिकामा जम्मा ३३६ मतपत्र हुनु पर्नेमा उक्त संख्या ३७० पुग्यो । जसबाट ३४ मत फर्जि खसेको प्रमाणित भयो । पिजी शेर्पा र गंगाधर गौतमको समावेसी समुहले यसलाई पुष्टि गर्न अनुरोध गर्दा निर्वाचन समितिले पटकै पिच्छे कुरा फेरे । उनीहरुले यो प्रमाणित गर्न नसकेपछि अध्यक्षका उम्मेद्वार गंगाधर गौतमले सवैका माँझमा यो निर्वाचनमा अनियमितता भएको घोषणा गरि निर्वाचन परिणाम नमान्ने बताउँदै पुःन निर्वाचनको माग गर्दै बाहिरिएका थिए ।

लुभेन क्षेत्रका निर्वाचन अधिकृत केसीले आफुलाई कुल ५०० मतपत्र दिइएको, ३३६ मत खसेको र १३४ मतपत्र बाँकि रहेको स्पस्ट पारेकाछन् । यो नै मेरो निर्वाचन क्षेत्रमा भएको आधिकारिक तथ्याँक हो, अरु कुरा म मान्दिन, उनले बताए । श्रोतका अनुसार केसीको इमान्दारिता माथि निर्वाचन समितिका संयोजकले फाइदा उठाएर ६ तारिख साँझ नै संयोजक बोधराज पौडेलले उनका निकटहरुलाई सक्कली मतपत्र बाँडेको बुझिएको छ । स्मरण रहोस निर्वाचन समिति संयोजक बोधराज पौडेल लगायत अन्य ३ निर्वाचन समितिका अधिकृतहरु नेकपा एमालेका सक्रिय कार्यकर्ताहरु हुन् । निबर्तमान अध्यक्ष जानकी गुरुगंले पनि संस्थागत रुपमा अनियमिता गरेको खुल्न आएको छ । उनले रित नपुगेका आवेदनहरुलाई जवरजस्ती स्वकिृत गरि मत हाल्न लगाएकी थिइन । साथै मतदाता सुचिमा नै नरहेकाहरुलाई जवरजस्ती निर्वाचन अधिकृतलाई दवाव दिएर भोट खसाल्न सफल भएकी थिइन । आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठले पनि गम्भिर गल्तिलाई तार्किक रुपमा नसल्टाई ढाकछोप गरेका थिए । उनी २ पटक सम्म नेकपा एमालेको समर्थनमा बेल्जियमबाट आइसीसी सदस्य भएका हुन् ।
श्रोतका अनुसार, निर्वाचन समितिमा धाँधली मात्र नगरेर भौतिक आक्रमणको लागि पनि जत्था तम्तयार गरिएको बुझिएको छ । लोकतान्त्रिक समावेसी समुहको तर्फबाट प्रेम गुरुङ र गजेन्द्र गुरुङ २ जना मात्र देखावटी आदिबासी जनजाती उम्मेदवार बनाएको समुहको विपक्षीमा परिणाम आएमा मतपेटिका फाल्ने पुर्ण तयारी रहेको बुझिएको छ । फर्जि ३४ मतको बारेमा निर्वाचन समितिले पुष्टि गर्न नसकेर मतगणना स्थगित हुँदा समोवेसी समुहका गंगाधर गौतम र पिजी शेर्पा माथि भौतिक आक्रमण हुने देखिए पछि उनीहरु बाहिरिएका थिए ।
बेल्जियममा रहेका ठुला नेपाली संघसंस्था तथा समुदायले उक्त धाँधलीको सर्वत्र निन्दा गरेका छन् । उनीहरुले एनआरएनलाई कुनै पनि कार्यक्रममा स्वागत नगर्ने र आँफुहरु पनि सहभागी नजनाउने घोषणा गरिसकेका छन् । एनआरएन आइसीसीमा पुःन निर्वाचनको लागि उजुरी दर्ता भै सकेको कुरा अध्यक्ष प्रत्यासी गौतम र आई सीसी सदस्य शेर्पाले बताए ।

जे देखे, लेखे
गौडब्लोम्स पथ २८ मा भई रहेको मत गणना कार्यक्रममा पत्रकारको हिसाबले र २ मिनेट टाढा आफ्नो बासस्थान भएको कारण आवतजावत सहज थियो ।
प्रबेशद्वारबाट छिर्ना साथ  पत्रकार महेन्द्र पौडेलले मेरो हात समातेर एकान्त तिर लग्दै भन्नुभयो ¨दाई आज ५-६ बजे सबेरै तिर कुटाकुट हुन्छ,ब्यालेट बक्स फ्याक्ने काम हुन्छ । दाई म त अहिले नै अन्टोपेन तिर लाग्न लागे, पछि कुरा गरौला बाई ।’ वहाँको एकै वाक्यको लामो कुरा नसकिदै मैले प्रश्न गरी हाले- तेत्रो टाढा कसरी एक्लै जाने त ?  बेल्जियममा अबैध मानब तस्करीमा सलग्न भएको र फ्रेन्च प्रहरीले फ्रान्स-नेपाल पठाएको एमाले बेल्जियमका पूर्व अध्यक्ष कृष्ण खतिवडा तर्फ देखाउदै वहाँ सँग जान्छु भनेपछि हस त फेरी भेटौँला भन्दै बिदा गरियो । यसकुराबाट एउटा खेमाको तर्फबाट रक्तपात गर्ने पुरै तयारी रहेको अनुमान भयो ।
दोश्रो पटक घरबाट पुन मतगणना स्थलमा पुग्दा मर्सिडिज बेन्ज कारमा कालो जातका केही भुस्तिघ्रेहरू बसिरहेको देख्न पाईयो । कोही नभएको मौका परी उनीहरूलाई सोधी खोजी गर्दा केन्याली कालो बर्णको मानिस र निर्वाचन समिती सयोजक बोध राजा पौडेलले केही रकम दिएर सुरक्षाको लागि बोलाएको बुझियो । मैले के अनुमान गरी हाले भने केही समय अघि एमाले नेता भिम रावल आउँदा समेत बेल्जियम प्रहरीले केही गर्न नसकेको अवस्थामा समाबेसी पिजी – गंगाधर समूहमा रहेका ६०-७० प्रतिशत आदिबासी जनजाती र दलित उम्मेद्वार भएको समूहलाई तह लगाउन त्यो तयारी थियो । अब नेपालीको कार्यक्रम सम्पन्न गर्न नेपाली सक्षम छैन कालेहरूको सुरक्षा दस्ता बोलाउनै पर्ने, कति दर्दनाक र हाम्रो शीर निहुराउने कुरो ! अब त्यो कालो समूहलाई दिएको पारीश्रमिक यो पटक मात्र सदस्यता बापत उठेको अन्दाजी १६-१७ हजार युरो बाटै कटाउने हुन् की ? हेर्न बाकी छ ।
केही मनिस आउने जाने क्रम थियो नचिनेको कलिलो उमेरको ५-६ जनाको समूहमा एउटा नाइके जस्तो भान हुनेले अचाक्ली हात मिलाई रह्यो ,मेरो हात छाडन चाहेन र दागा धरेको हिसाबले हेरी रह्यो । बिहान सम्म उसलाई नियाल्दा अध्यक्षमा निर्बाचित प्रेम गुरुङ र युनिटी ठग प्रकरण बेल्जियमका नाईके आ ईसीसी सदस्य शिव बरुवाल लगायतसँग कानेखुसी गरेको देखियो बारबार । छातीमा खकने झोला बोकेका उनिहरुले हतियार बोकेको छन भन्ने सुनिन थालियो । यताउता उग्र रवाफ थियो ।
मतगणना भई रहेको माथिल्लो ठाउँमा ति युबाहरु , एमालेका अन्य कार्यकता निर्बाध जान्थे तर पत्रकारलाई जान निषेध थियो । पिजी शेर्पा र गंगाधर गौतम पक्ष बाहिरिनु नै ठुलो दुर्घटनाबाट एनआरएन जोगिनु हो भन्ने मलाई लाग्यो । ३४ मत धेरै भएको बिबाद चर्किएको र हलभित्र बसेरहेको भए ठुलो झडप अबश्यम्भाबी थियो । सबै आबेशमा आएर जथाभबी बोल्न थालीसकेका थिए । असहमती जाहेर गरेर समाबेसी पक्ष बाहिरिनु साह्रै बुद्धिमतापूर्ण देखियो। बिहानी पख बरुवाल पक्ष अधिकासलाई बोलाईयो ।
मनोनित आईसीसी सदस्य रबिन्द्रमान श्रेष्ठ , केन्द्रीय प्रतिनिधि पुष्प थापालाई सुतेको ठाउमा लिन गाडी पठाईयो । अन्तत स् बिपक्षी बिहीन मत गणना स्वेच्छाचारी तवरले गरियो । अनी आँफै जितको परिणाम घोषणा गरियो। पहिलो चरणको मत गन्दा बरुवाल समुह अगाडी रहेको सत्य हो । जित शायद बरुवाल पक्ष कै हुने थियो तर एमाले समूहको कब्जामा रहेको निर्वाचन समितीले दुरदर्शिता नअपनाई एकलौटी परिणाम घोषणा गर्नु नेपाली समाज बेल्जियमालाई बिबादको भूमरीमा फसाउनु हो ।
पराजित तर एमाओबादी , नेका बेल्जियम सस्थापन पक्ष ,संघीय समाजवादी पार्टीको भातृ संगठन र आदिबासी जनजाती महासंघ बेल्जियमले निर्वाचन परिणाम अस्विकार गर्दै आज बक्तब्य जारी गरेको छ ।

-राई संचारकर्मी हुन्

हङकङमा यस्तै प्रकृतिको बवाल चलिरहेकोछ, हेर्नाेस समाचारहरु –

 

एनआरएनको नाममा फेसबुकमै घम्साघम्सी

एनआरएनमा जनजाति भर्सेज बाहुन क्षेत्री युद्ध !


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %