बुद्ध अपमानको आक्रोश सडकमा (फोटो कथा सहित)

Read Time:3 Minute, 34 Second

 

 नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा बोद्धार्गीहरुले बालुवाटारमा विरोध प्रदर्शन गरेका छन् । काक्रे विहारको घटनालाई लिएर विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले सम्पूर्ण बौद्धमार्गीहरु एक हौं, बुद्ध जन्मेको देशमा बुद्धको अपमान बन्द गर, धार्मिक विभेदको अन्त्य गर लगायतका नारा लगाए ।

काक्रे विहारमा बुद्धको मूर्ति स्थापना गर्न नदिएको भन्दै प्रदर्शनकारीहरु आन्दोलित भएका हुन् । बुद्ध जयन्तीको अवसर पारी सुर्खेत जिल्लाको स्थानीय बौद्धमार्गीहरूले लाटीकोईली गा.वि.स. वडा नं. ८ स्थित काँक्रेविहारमा भगवान् बुद्धको प्रतिमा स्थापना गर्न खोज्दा प्रहरी प्रशासनले हस्तक्षेप गरि रोक लगाएको थियो ।
सोहि घटनाको विषयमा मंगलबार (हिजो) देखि सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले ५ बुँदे माग राखेका छन् । बौद्धमार्गीहरू माथी प्रहरी प्रशासनले गरेको ज्यादती विरुद्धमा सार्बजनिक रुपमा स्थानिय स्तरमा नै प्रहरी प्रशासनले माफी माग्नुपर्ने, बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोन्पा, विहार, चैत्य, मूर्ति आदि रहेको क्षेत्रमा बौद्धमार्गीहरू माथि दुर्व्यवहार नहुने कुराको सरकारबाट ग्यारेन्टी गरिनुपर्ने, काँक्रेबिहार ब्यवस्थापनका लागि सरकारबाट उचित बजेटको व्यवस्था गर्नुपर्ने र आस्थाको केन्द्रहरूमा बौद्धमार्गीहरूले निर्वाध र शान्तिपूर्ण तवरबाट पाठ–पूजा गर्न पाउनुपर्ने र उनिहरूको शान्ति सुरक्षाको ग्यारेन्टी सरकारले गनुपर्ने लगायतका मागहरु राखेका छन् ।
यसअघि बुद्धको मूर्ति १५ दिनभित्र काक्रे विहारमा स्थापना गरियोस भनी अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई महासंघले ज्ञापनपत्र बुझाए पनि मागको सुनुवाई नभएपछि महासंघ आन्दोलनमा उत्रन बाध्य भएको महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले बताए ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा उत्रिएका बौद्धमार्गीहरु नेपाल वौद्ध महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, अखिल भिक्षु महासंघ, नेपाल परम्परागत वौद्ध धर्म संघ र धर्मोदय सभा सरोकार समूह लगायतका संस्थाहरुको सहभागिता रहेको छ । विहिबार र शुक्रबार (भोलि र पर्सी) का दिन पनि दुई घण्टा विरोधका कार्यक्रम रहेको महासंघले जनाएको छ ।
आनन्द गुरुङ

 

 

 

सम्बन्धित समाचार –

काक्रे हस्तक्षेप विरुद्ध बौद्धहरु सडकमा

 

क्लिक – दण्ड गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %