बजेट ल्याउन २७ दलको सहमति, संविधान संशोधनको विपक्षमा साना दल

Read Time:1 Minute, 16 Second

  
काठमाडौ, मंसिर १ 

संविधान संशोधन गरेर बजेट ल्याउने विषयमा संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले सहमति जनाएको छ । बजेट र संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार बोलाएको २७ दलको बैठकमा उक्त सहमति जुटेको हो ।

२७ मध्ये २५ दलले संविधान संशोधनको पक्षमा सहमति जनाएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले बताए । नेकपा एकीकृत र दलित जनजाति पार्टीले संविधान संशोधन बिना नै बजेट ल्याउनुपर्ने धारणा राखेका थिए ।

सरकारले कात्तिक ३ गते बजेट ल्याउने तयारी गरेको छ । बैठकपछि माओवादी नेता देव गुरुङले बजेट ल्याउने विषयमा सहमति जुटेको बताए । नयाँ योजना न ल्याइ काम चलाउ बजेट ल्याउन हामीले समर्थन गरेका छौ उनले बैठकपछि  भने । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %