काठमाण्डु संवाददाता
भर्खर सम्पन्न भारतीय विदेशमन्त्री सलमान खुर्सिद र परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेबीच भएको वार्तामा संविधानसभा निर्वाचन र दुई पक्षीय हितका बारेमा कुरा गरिएको जनाइएकोछ ।उनले चुनावमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । अहिले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसंग भेट चलिरहेकोछ ।
भारतीय विदेशमन्त्री सलमान खुर्सिद एकदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका हुन् । परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको निमन्त्रणामा खुर्सीद बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकाहुन् । खुर्सिद महत्वपूर्ण राजनीतिक भेटघाट सकेर आजै स्वदेश फर्किदैछन् । खुर्सिदको टोलीमा विदेश मन्त्रालयमा नेपाल भुटान डेक्स हेर्ने सहसचिव अखिलेस मिश्र, सैयद अकबरुद्धिन र संजय सुधीर छन् ।
उनले केहीबेरकै राष्ट्रपति डाक्टर रामबरण यादवसँग राष्ट्रपति कार्यालय शीतल निवासमा वार्ता हुदैछ । त्यसअघि काठमाण्डु आइपुगे लगत्तै समकक्षी माधव घिमिरेसँग दुईपक्षिय वार्ता भएको थियो । अरु राजनीतिक भेटघाट भने काठमाण्डुको वत्तिसपुतलिमा रहेको होटेल द्धारिकामा हुनेछ ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष झलनाथ खनाल सहितका नेताहरुसँग छुट्टा छुट्टै छलफल गर्नेछन् । भारतीय विदेशमन्त्री खुर्सीदसँगको भेटका लागि नै एकीकृत माओवादी अध्यक्ष प्रचण्ड सिंगापुर बसाई छोट्याएर काठमाण्डु फर्किदैछन् ।
मंसिरमा संविधानसभा निर्वाचनको तिथि घोषणा र चुनावमा भारतले गर्ने सहयोगका विषयमा भेटघाटहरु केन्द्रित रहने भारतीय दुतावास स्रोतले जनाएको छ । सबै भेटघाट सकेर खुर्सीद आजै स्वदेश फर्किने कार्यक्रम छ । चिनिया विदेशमन्त्री याङजेइचीले मंसिरमा हुने निर्वाचनका लागि सहयोग गरेको एक महिना नबित्दै भारतीय विदेशमन्त्री खुर्सीद नेपाल आउनुलाई राजनीतिक अर्थपूर्ण रुपमा हेरिएको छ ।