किसानको छोरो डा. अनुप तमुको बिजयगाथा

Read Time:3 Minute, 5 Second

३ जुलाई २०१३
 तमु प्ये ल्हु संघ हङकङले डा. अनुप ल्हेगें तमुलाई एक रात्री भोजको आयोजना गरि  सम्मान गर्यो। डा. तमुले तमु प्ये ल्हु संघ हङकङबाट सम्मानित हुन पाउंदा खुशीको सिमा नै नरहेको बताए। हङकङ जस्तो ब्यस्त शहरमा रहेर पनि तमु प्ये ल्हु सघले आफ्नो धर्म,संस्कृति,संस्कार तथा परम्पराको जगेर्ना गरि रहेकोमा अति प्रेरित भएको  र भविष्यमा तमुहरुको धर्म,संस्कृति,संस्कार तथा भाषाको बारेमा केहि लेख्ने वाचा पनि ब्यक्त गरे।

एउटा ग्रामीण  स्कूलबाट आफ्नो अध्ययन शुरुवात गरि यो अवस्थासम्म आईपुगेका तमुले आफ्नो संघर्ष गाथा पनि सुनाएकाथिए ।कास्की सिक्लेश गाउंमा किसान परिवारमा  जन्मिएका डा. अनुपलाई गाउंकै अन्नपूर्ण  निमाविमा पढ्दापढ्दै राम्रो लगन देखेपछि  परिवारजनले पोखरास्थित निजी स्कूलमा स्थानान्तरण गरिदिएका थिए। यसरी परिवारजनहरुको माया,ममता,हौसला र निरन्तर सहयोगले माध्यमिक तहको अध्ययन पोखराको एक निजी स्कूलबाट पूरा गरेपछि काठ्माण्डौबाट इन्टर हुदै  काठ्माण्डौ विश्वबिद्यालयबाट इम्भाईरन्मेन्ट साईन्समा बिएससी अनर्स र २००७ मा नर्वेबाट एमएससी गरेकाथिए।
यसरी नर्वेबाट उच्च शिक्षा हासिल गरेपछि आफुले ब्यावहारिक शिक्षाको महत्व बुझेको बताउंने अनुपले आफ्नो भाग्य र मेहनतले नै नर्वेबाट पी एचडी गर्ने छात्रवृत्ति पाएको सुनाए। अनुपले दक्षिण कोरियाबाट सन २००९ मा पीएचडीको उपाधि प्राप्त गर्दै आफ्नो नामको अगाडि डा. थप्न सफल भए ।

उनले जुनसुकै ठाउंमा रहेतापनि आफ्नो धर्म, संस्कृति, संस्कारको बारेमा केहि खोज गर्ने प्रयास गर्ने र यस्तो काम सबैले गर्नुपर्ने बताए । तमु प्ये ल्हु संघलाई आफुबाट हुन सक्ने सहयोग सदा दिईरहने प्रतिवद्धता ब्यक्त गरे।
अध्यक्ष जितेन्द्र योज तमुले तमु प्ये ल्हु संघको छोराले कठोर परिश्रम, अध्ययन पश्चात उच्च शैक्षिक पदवी हासिल गरेकोमा गौरव महसुस गरेको बताए । उनले तमुबाट आफ्नो जातिको लागि बौद्धिक कर्म खर्चन समेत अनुरोध गरे । डा. अनुप नीजि भ्रमणमा आएको बखत यस्तो सम्मान गरिएकोथियो ।

मुककाजी तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %