आमुई ! यी पाहुनाका लश्कर

Read Time:7 Minute, 40 Second

  २०१३ जुलाई ५, कतार

एउटा संस्थाको अधिवेशन कार्यक्रम बिहान १० बजे देखि राती १० बजे सम्म किन लाग्छ होला ? उदाहरण मगरसंघ कतारको दशौं अधिवेशनले देखाईदिएकोछ । कार्यक्रममा आएका दर्जनौ पाहुनाहरुले बोलेर कार्यक्रम कुन विध्न लम्ब्याए र दर्शकलाई पत्यार लाग्ने गराए होलान् भन्ने तलका लिस्टबाट थाहा लाग्छ । कार्यक्रममा आएका पाहुनाहरुको सूची तल दिइएकोछ –
 एनआरएनए  कतारका बरिष्ठ उपाध्यक्ष  गुरुनारायण रानाभाट, नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष दिल किरण खजुम, नेपाल जनप्रगतीशिल मञ्चका सचिव लिला लावती, नेपाल जनप्रगतीशिल मोर्चाका अध्यक्ष किशोर सुवेदी, नेपाली एकता समाजका काबा अध्यक्ष टुकनाथ शर्मा, नेपाली संघीय समाजका अध्यक्ष आशमान वाईबा, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष नरेन्द्र लिम्बु, किराँत राई यायोक्खाका महासचिव देवराज राई, किराँत याक्थुङ चुम्लुङका महासचिव राजेन्द्र सामेखाम लिम्बु, तमु समाजका सह–सचिव खुसीमान तमु, नेपाल प्रवासी तामाङ समाजका प्रथम उपाध्यक्ष कुमार मोक्तान, थारु कल्याणकारिणी सभाका कोषाध्यक्ष सियाराम चौधरी, प्रवासी भुजेल सेवा समाजका महासचिव शिव कुमार भुजेल, प्रवासी सुनुवार सेवा समाजका अध्यक्ष राम बहादुर सुनुवार, नेवाः पुचका अध्यक्ष राधेश्याम महर्जन, क्षेत्री सेवा समाजका दिपक खड्का, नेपाली महिला समाजका अध्यक्ष रेखा राई, संस्थापक उपाध्यक्ष सुनिल पुनमगर, साथै जिल्ला संघ संस्थाहरुको तर्फबाट गुल्मी सेवा समाजका अध्यक्ष भरत सापकोटा, सल्लाहकार सदस्यहरुको तर्फबाट प्रकाश आलेमगर थिए ।

नेपाली कला केन्द्रका महासचिव राकेश राई, मोरङ सुनसरी सेवा समाजका सचिव टेकनाथ बराल, तनहुँ सेवा समाजका अध्यक्ष मनिराज थापामगर, पाल्पाली सेवा समाजका अध्यक्ष भुपराज दबाडी, बाग्लुङ सेवा समाजका अध्यक्ष मदन श्रीषमगर, समाज सेवा अभियान रुपन्देहीका प्रमुख सल्लाहकार टंक प्रसाद भट्टराई, दाङ देउखुरी सेवा समाजका अध्यक्ष लुमाकान्त पुनमगर, मकवानपुर मिलन केन्द्रका अध्यक्ष मिलनध्वज रानामगर, प्युठान सेवा समाजका कोषाध्यक्ष बिष्णु जिसी, नेपाली प्रवासी युवा सेवा समाजका अध्यक्ष छम परियार, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार द्रोण बस्नेत, पाँचथर सेवा समाजका प्रमुख सल्लाहकार छबिरमण कटुवाल, नवोदित साहित्यीक वाचनालयका अध्यक्ष युगयोगी राई, ऐक्यबद्धता मासिकका कतार प्रतिनिधी पत्रकार तिलबिक्रम थेबे, सुप्रिम न्युजका सम्पादक नवराज बिक, मकवानपुर मिलन केन्द्रका सह–सचिव सुदनराज बिक्रम ठकुरी, हिमालयन युवा क्लबका अध्यक्ष अभिमत पुनमगर, नेपाल प्रवासी मगर वचत कोषका अध्यक्ष लिलम्बर चिदीमगर, समाजसेवी विजय लामा, गायीका ईन्दिरा साह, सल्लाहकार सदस्यहरु जनक थापामगर, मनिराज पुनमगर, गिरी काउछामगर, पुर्व सल्लाहकार सदस्य डि एन पाङमीमगर, मानार्थ सदस्यहरु बबिन राई, टेक ब। रसाईली, एरिया समितीहरुको तर्फबाट दोहाका रामजीमगर, सनैया ‘ए’का सचिव गणेश थापामगर, वक्राका अध्यक्ष बम बहादुर थापामगर, सईलियाका गोबिन्द थापामगर, अबुहमारका अध्यक्ष चित्र बहादुर थापामगर, सनैया ‘बि’का राम बहादुर रानामगर पनि थिए ।


मगर संघ कतारको दशौं अधिवेशनमा के भयो
नेपाल प्रवासी मगर संघ दोहा कतारको केन्द्रिय समितीको दशौं अधिवेशन “आफ्नो भाषा, लिपी, भेषभुषा, तथा संस्कृतिको संरक्षण -हाम्रो प्रतिबद्धता, जातिय पहिचान तथा आत्मनिर्णयको अधिकार सहितको नयाँ संघीय ब्यवस्था हाम्रो आवश्यकता” भन्ने मुल नाराका साथ सम्पन्न भयो ।
नवौं कार्यसमितीका अध्यक्ष भिम ब. तरामुमगरको सभापतित्व तथा महासचिव शरण थापामगरको सञ्चालनमा दोहाको ब्रुश्ली रेष्टूरेन्टको सभा हलमा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ दोहा कतारका अध्यक्ष बिनेश तामाङको प्रमुख आतिथ्य तथा नेपाल प्रवासी मगर संघ दोहा कतारका प्रमुख सल्लाहकार देव रानामगरको बिशेष आतिथ्यमा कतारबासी मगर तथा गैरमगरको ब्यापक सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रमपछि निर्वाचन समितीले शरण थापामगर (मोरङ) को अध्यक्षतामा २३ सदस्यीय कार्यसमिती चयन गरेकोछ । चुनिएका मध्ये प्रथम उपाध्यक्ष महेन्द्र थापामगर(चितवन), द्धितीय उपाध्यक्ष शेर ब.रोकामगर(रुपन्देही), महासचिव रमेश आलेमगर(उदयपुर), सचिव रमेश कनौजेमगर (पाल्पा), कोषाध्यक्ष लिलम चिढीमगर (रुपन्देही), सह–कोषाध्यक्ष कृष्ण रानामगर (पाल्पा) र सदस्यहरुमा मिन ब. मगर(कास्की) केशव घर्तीमगर(रुपन्देही), महिला सदस्य खगी पुनमगर(बाग्लुङ), लक्ष्मी घर्तीमगर(बाग्लुङ), भुपेन्द्र रिखाम मगर(उदयपुर), भोज ब. सारुमगर(प्युठान), केशव रानामगर(धनकुटा), बिजय मिरिङचिङमगर(झापा), खम्बराज थापामगर(खोटाङ), चित्र थापामगर(कास्की), डम ब. पुनमगर (कास्की), हिम ब. थापामगर(रुपन्देही), चन्दा मगर(सुनसरी), अभिमत पुनमगर(रोल्पा) होम श्रीषमगर (बाग्लुङ) र रेख ब. मगर(उदयपुर) रहेको कार्यसमिती सर्बसम्मत निर्वाचित गरेकोछ ।

 संघका सांस्कृतिक बिभागका कलाकारहरुले  मगर संस्कृती हुर्रा नाचले मनोरञ्जन दिलाएका थिए । कार्यक्रम बिहान १० बजे शुरु भई रातको ९ बजे सकिएको थियो ।
–शरण थापामगर

            

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %