कुवेतका दानवीर तमुहरुको सहयोग

Read Time:3 Minute, 13 Second
पोखरा, असार २२ गते, कास्की थुमाकोडाँडा वडा नम्वर ३ याङ्जाकोट निवासी मृगौलापिडित भूश्री तमूको मृगौला प्रत्यारोपणका लागी तमू प्ये ल्हु संघ कुवेत शाखाबाट पुनः सहयोग प्राप्त भएको छ ।

आज एक समारोहवीच तमू प्ये ल्हु संघ केन्द्रिय फलिना क्वोँइपो परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा कुवेत शाखाका प्रतिनिधि जिवन ङोर तमूले कुवेतमा गोपाल प्ल्हेँ तमूको संयोजकत्वमा संकलित ६७ हजार ९५ रुपैया पिडित भूश्रीलाई हस्तान्तरण गरे । यसअघि पनि कुवेत शाखाबाट पिडित भूश्रीलाई २ लाख ८ सय ८८ रुपैया सहयोग भइसकेको छ ।

यसैगरी समाजिक संजाल फेसबुकमार्फत संचारकर्मी देवीजंग तमूको सक्रियतामा संकलित ११ हजार ५० रुपैयाँ केन्द्रका प्ये छ्या संकलन संयोजक लेफ्टिनेन्ट इन्द्र वहादुर केप्छै तमूमार्फत पिडित भूश्रीलाई हस्तान्तरण गरिएको थियो । संचारकर्मी तमूलाई क्यानाडामा अध्ययनरत रविन च्हमु्र तमूले ८ हजार ९ सय ४० रुपैया, नवलपरासीबाट सानु तमूले १ हजार १ सय ११ रुपैया र युवा पच्यु चिवा पोल वहादुर क्रोम्छै तमूले १ हजार पिडित भूश्रीलाई सहयोग गरेकाथिए ।

०६९ साल पौष महिनामा काठमाडौँमा स्वास्थ्य परिक्षणको क्रममा मृगौलामा ख़राबी देखिएका ४१ वर्षिया भूश्रीलाई सहयोग गर्न चाहनेले हिमाली बैँक न्युरोड पोखराको खाता नम्वर ०१६०४३२८९९००१२ मा जम्मा गर्न सकिने उनका श्रीमान सूर्य तमूले जानकारी दिए ।

तमू प्ये ल्हु संघ केन्द्रिय समितीले कुवेत शाखाका प्रतिनिधि जिवन ङोर तमू र उनकि श्रीमती यम्मा देवी तमूलाई फुलमाला र फेताले स्वागत गरेको थियो ।
त्यहि छेक पारी नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिस्थानको आर्थिक सहयोगमा तमू प्ये ल्हु संघको प्राविधिक सहयोगमा संघका महासचिव तेज च्हाक्ली तमूको लेखनमा प्रकाशित तमू भाषा साहित्यको अध्ययन नामक किताव पनि विमोचन गरियो ।

तमू प्ये ल्हु संघ केन्द्रिय समितीका कार्यवाहक अध्यक्ष क्याप्टेन रुप वहादुर गरब्ज तमूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

डिल्लीजंग तमु

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %