चुनाव विथोल्ने धम्की सहित मोटरसाइकल र्याली (फोटो फिचर)

Read Time:1 Minute, 27 Second

२१असार काठमाडौं

    चुनावको विरोधमा ३३ दलीय मोर्चाले शुक्रबार काठमाडौंमा मोटर साइकल र्याली गरेको छ । काठमाडौंको खुलामञ्चमा जम्मा भई गरिएको मोटर साइकल र्याली खुलामञ्चबाट सुरुभई जमल, दरबारमार्ग, लैनचौर, हात्तीसार, पुतलीसडक, अनामनगर, नयाँ वानेश्वर, माइतिघर, पुलचोक र जावलाखेलहुँदै लगनखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    लगनखेल ललितपुरमा पुगेर सम्पन्न भएको उक्त र्यालीलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव तथा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका नेता खगेन्द्र माखिम र सामाजिक लोकतान्त्रिक पार्टीका एक अध्यक्ष पासाङ शेर्पाले ३३ दलको तर्फबाट सम्बोधन गरेका थिए । वक्ताहरूले आन्दोलनकारी दलहरूसंगको सहमतिबिना गर्न खोजिएको चुनाब कुनै हालतमा पनि नहुने र हुन नदिने धम्की दिएका थिए

 वैद्य माओवादी सहितको यस मोर्चाले विभिन्न माग राखी आन्दोलन गर्दे आईरहेकोछ ।

-डीवि लिम्बु




 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %