विद्रोही एनआरएनलाई जनजाति नेताहरुको धाप

Read Time:3 Minute, 49 Second

दुर्गा गुरुङ नेतृत्वको एनआरएन हङकङलाई चुनौती दिदैं निस्किएका विद्रोहीहरुलाई हिंजो गरिएको पत्रकार सम्मेलनमा जनजाति नेताहरुले खुलेरै धाप दिए । १२ मे मा गरिएको चौथो अधिवेशनलाई विधानसम्मत नभएको भन्दै यो समूहले समानान्तर संस्था बनाउने धम्की दिदै आईरहेकोछ । हिंजो गरिएको पत्रकार सम्मेलनमा चौथो अधिवेशन तयारी समिति बनाइएको र आफुहरुले वैधानिक किसिमले चुनाव गराउने दावी गरिएकोथियो ।
अधिवेशनमा अध्यक्षका उम्मेदवार एमवी गुरुङले १६ जुनमा हङकङका संघसंस्था र बौद्धिकहरुसंग गरिएको कार्यक्रमले म्यान्डेट दिएको भन्दै अधिवेशन तयारी समितिको नाम सुनाएकाथिए । उनकै संयोजकत्वमा एनआरएनका निवर्तमान उपाध्यक्ष शत्रुध्न उदास सहसंयोजक र सन्तोष राई सचिव रहेको नाम वाचन गरेकाथिए । गोविन्द गुरुङ, दुर्गा बहादुर गुरुङ र भेषबहादुर पुनलाई सदस्यको रुपमा चिनाइएकोथियो ।
सचिव राईले विभिन्न ११ बुँदे बिज्ञप्ति बाचन गरि सुनाएकाथिए, जसमा एनआरएनभित्र आर्थिक अनियमितता भएको, गत चुनावमा गैरसदस्यहरुले मत हालेका, निर्वाचन मण्डलले चुनाव स्थगन गर्ने निर्णय गरेर पनि नगरेका र एनआरएन केन्द्रिय समितिले पनि गलत निर्णय सुनाएका जस्ता आरोप लगाइएकोथियो । बिज्ञप्तिमा यस सम्बन्धमा केन्द्रिय अध्यक्ष जिवा लामिछानेलाई पुनः चुनाव गराउन अल्टिमेटम समेत दिएको बताइएकोथियो ।
एमवीले दुर्गा गुरुङले २ कार्यकाल चलाएपनि कम्पनी रजिस्टारको कार्यालयमा अझै सम्म पनि पूर्व अध्यक्ष त्रिलोक गुरुङको नाममा संस्था दर्ता रहेकोले उनी पूरै अवैधानिक हुन् भनि आरोप लगाएकाथिए ।
पत्रकार सम्मेलनमा आदिवासी जनजाति महासंघका अध्यक्ष एमवी थापालाई विशेष स्थान दिइएकोथियो । उनी लगायत केहिले विद्रोही पक्षलाई समर्थन गर्ने भाषणबाजी गरेकाथिए । त्यसरी बोल्नेमा एमाले हङकङका अध्यक्ष भक्त गुरुङ नै थिए । माधव नेपाललाई कालो झण्डा देखाउदा जनजाति महासंघका अध्यक्ष थापासंग भिड्न जाने भक्त हिंजोको कार्यक्रममा थापासंग कुम जोडेर बसेकाथिए । तिनका बिचार पनि एउटै थिए ।
कार्यक्रममा हङकङ नेपाली महासंघका संस्थापक अध्यक्ष मणिकिरात राई, जनजाति महासंघ तथा किरात राई यायोक्खाका पूर्व अध्यक्ष नरहाङ राई, माओवादीको लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष रविन लिङ्देन, किरात राई यायोक्खाका निवर्तमान अध्यक्ष किसन राई, संघीय समाजवादी पार्टीका अध्यक्ष ओमराज साम्बाहाम्फे, तमु ट्यो ह्युलका निवर्तमान अध्यक्ष अर्जुन गुरुङ, साहित्यकार टंक साम्बाहाम्फेहरुको जमघट थियो ।
-भिम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %