हङकङ, १ जुलाई
फुङ्लिङ्ग ताप्लेजुङ्ग वजार सेवा समिति हङकङको आयोजनामा ५ मे मा गरिएको ताप्लेजुङ्ग अग्नि पीडित सहयोग साँझको लागत खर्चबाट बचेको रकम करिब नेरु ४ लाख ताप्लेजुङ अग्नि पीडितहरुलाई पठाइएकोछ । जनजाति महासंघका अध्यक्ष एम वी थापा, नेपाली आर्टस एण्ड कल्चरका अध्यक्ष नन्द चङ्सु, नेपाली पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राई, साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बाहाम्फे लगायत विभिन्न संघसस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा ताप्लेजुङ अग्नि पीडित सहयोग साँझका संयोजक चन्द्र मादेन द्वारा नेपाल पठाईने बताइएकोथियो ।
उक्त रकम नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको पहलमा ताप्लेजुङ पत्रकार शाखा मार्फत वितरण गरिने उनले बताए । हङकङमा सो रकम पत्रकार महासंघका अध्यक्ष किसन राईलाई दाताको नामावली सहित हस्तान्तरण गरिएकोथियो ।
हजार डलर माथि सहयोग दिने कवि त्रिभुवन लुङ्फुङ्वा, मंञ्च संम्वद्व संघीय लिम्बूवान राज्य परिषदका अध्यक्ष कवि बिष्णु ईङ्नाम, फुलवारी क्लवका प्रोप्राईटर नन्द चङ्सु , कवि बल्लव रोक्का, युवा समाजसेवी नारायण मादेनहरूलाई माला र खादा ओढाई सम्मान गरिएकोथियो । अग्नि पीडितका संयोजक चन्द्र मादेन आन्छनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जनजाति महासंघका अध्यक्ष एम वी थापा थिए ।
मादेनका अनुसार, यसअघि पनि ताप्लेजुङमा ईस २००२ मा बिभिन्न गाविसमा भिषण पहिरो गई ३६ जनाको अकालमा मृत्यु हुँदा हङकङबाट चन्दा उठाई ८ लाख रूपैंया पठाईएको थियो । शहरमै आगलागी हुँदा ४ लाख पचास हजार उठाई पठाईएको थियो ।
यो रकम चाहिं २०६९ माघ २६ गते फुङ्गलिङ्ग ताप्लेजुङ्ग वजारमा भीषण आगलागी भई ८ वटा घर जलेको र करोडौंको क्षति भएकोलाई राहत स्वरुप पठाईदैछ । ।
बल्लव रोका