रेसुङगामा हास्न नपाएको गुनासो

Read Time:1 Minute, 46 Second

हंगकंग ३० जुन, गुल्मी समाज हंगकंगको आयोजनामा युन लोङ थियटर हलमा रेसुङ्गा साँझ दोस्रो सम्पन्न भएको छ । उक्त कार्यक्रम सफल पार्न कलाकार र उद्घोषक गरी ८ जना नेपालबाट ल्याइएको थियो । तर दर्शकहरुले हर्के हल्दारको प्रस्तुति सोचे जस्तो नभएको र हास्न नपाएको गुनासो गरे

नन्दु श्रीस मगरले आठ वटा मादल बजाएर बासुरीले जस्तो गीतको धुन निकालेर आश्चर्यमा पारेकाथिए  । प्रबेश लिम्वुले पप, लोक र कौरा गीत गाएर राम्रो प्रस्तुति दिएका थिए । टिका पुन, विरही कार्की, उदय पुन, कृण्ण गुरुङले लोक भाकामा गाएका थिए । धेरै जसो लोक भाका प्रस्तुत गर्ने कलाकार थिए । नेपालको म्युजिक भिडियोमा नृत्याङगना क्षेत्रमा जम्न सफल सम्झना बुढाथोकीले नृत्य प्रस्तुत गरेकी थिइन ।
 अध्यक्ष पहराईले स्वागत गर्दै प्रायोजकहरुलाई धन्यवाद दिएका थिए । नेपालका असहाय बच्चाहरुलाई सहयोग गर्नको लागि रेसुङगा साँझ दास्रो आयोजना गरीएको पहराईले बताए । नेपालबाट आएका गणेश राष्कोटी र डा. आशा रानाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । सचिब थल श्रीस मगरले पहिलो अध्याय संचालन गरेकाथिए ।

भीम थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %