दाङ ,३० कार्तिक
माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा एक युवकको ज्यान गएको छ । हलवार गाविस १ बुढागाउँका ३० वर्षीय कालुराम चौधरी कालाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते चौधरीको तुलसीपुरस्थित दीर्घायू पोलिक्लिनिकमा उपचारका लागि ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जना घाईते भएका छन् । तुलसीपुर एरपोर्ट नजिकै ना२ख ९३८३ नम्बरको ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा उरहरी ६ मोतिपुरका दिनेश बस्नेत घाईते भएका छन् । उनको हात भाँचिएकाले उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । यता रोल्पाको जुँगारबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा ९ जना यात्रु घाईते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । लु१ज ६०१ नम्बर जीप तुलसीपुर नगरपालीका वडा नम्बर १ हरनेटीमा दुर्घटना हुँदा तुलसीपुर ११ अश्वाराकी जानकी घर्ति, प्रमोद घर्ती, रोल्पा जुगारका देबबहादुर पुन घाईते भएका छन् । अन्यको नाम ठेगाना प्राप्त हुन सकेको छैन । घाईते मध्ये जानकीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ भने अन्यको राप्ती लाईफ कियर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।