संविधान निर्माणका लागि दबाबस्वरूप अखण्ड कीर्तन

Read Time:1 Minute, 7 Second

पर्वत (फलेवास), ३० कात्तिक

। लामो सयमसम्म पनि संविधान निर्माण हुन नसकेपछि र पटकपटकको निर्वाचनबाट प्रधानमन्त्री चयन हुन नसकेको भन्दै दबाबस्वरुप यहाँका बासिन्दाले अखण्ड कीर्तन गरेका छन् ।

    संविधान निर्माणलाई पूर्णता दिन र प्रधानमन्त्री चयन गर्न दलहरु सफल होउन् भन्दै एक सातासम्म अखण्ड कीर्तन गरिएको हो ।

    पर्वत जिल्लाको शिवालय गाविसमा रहेको नवयुवा भजनमण्डली समूहले कात्तिक २६ देखि मङ्सिर १ गतेसम्म सञ्चालन गरेको कीर्तनमा देवता तथा दलहरुका नाममा भजन गाइएको छ ।

    धर्म संस्कृतिको जगेर्नासँगै दलहरुलाई सही बाटोमा हिँड्न प्रेरणा मिलोस् भनेर अखण्ड कीर्तन सुरु गरिएको भजनमण्डलीका प्रचारप्रचार संयोजक गोकुल चापागाईंले  जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %