छुरी प्रहारवाट एक प्रहरीको हत्या

Read Time:1 Minute, 8 Second

मोरङ,३० कार्तिक

 तेह्रथुमको छातेढुंगा ४ मा  सोमबारराती एक प्रहरी जवानको छुरी प्रहारवाट हत्या भएको छ ।
पांचथर फाक्देप ५ घर भइ छातेढुंगा ६ स्थित धनकुमार कन्दङवाको घरमा पाहुना गएका  २३ वर्षीय चेम्जोङको स्थानीय यूवाहरुले छुरा प्रहार गरी हत्या गरेका हुन् ।  
प्रहरी जवान चेम्जोङ  जिल्ला प्रहरी कार्यालय खोटाङमा दरवन्दी भई शसस्त्र प्रहरी गण सगरमाथामा कार्यरत थिए ।
तेह्रथुमको इवा ८ का २१ वर्षीय सुरेन सेङदाङ सहितको ४÷५ जनाको समुहले चेम्जोङलाई छुरा प्रहार गरी हत्या गरेको जनाइएको छ । सामान्य विवादमा राती १० वजे सेङदाङको समुहले चेम्जोङलाई पेटमा छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %