पत्रकार तथा समाजसेवी कल्पना तुम्रोकको विदाई कार्यक्रम

Read Time:2 Minute, 38 Second

 हङकङ, १६ जुन ।
पत्रकार तथा समाजसेवी कल्पना तुम्रोकको विदाई कार्यक्रम पान्थर मञ्च हङकङको आयोजनामा सम्पन्न भयो । तुम्रोक १६ वर्षको हङकङ वसाई पछि यहि जुन २५ मा नेपाल जादै छिन् । विदाई कार्यक्रममा लामो समय पछि नेपाल जानलागेको वताउदै नेपालमा आफनो परिवारलाई समेत राम्रो उपचार गराउने उदेश्यले आफु जान लागेको तुम्रोकले वताए । नेपालमा गएर पनि हङकङको नेपाली समाज संग कुनै कुनै माध्यमबाट आफु सम्पर्कमा रहिरहने र त्यहा पनि आफ्नो पत्रकारिता तथा समाजसेवालाई निरन्तरता दिने वताईन ।

“विदाइ कार्यक्रम आफैमा खुलाउनै नसकिने शब्द र त्यो क्षण आफैमा सोच्न पनि निक्के गाह्रो पर्ने” भन्दै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष रविन लिङदेन, चलचित्र निर्देशक तथा याक्थुङ मुन चइत चोक सयङका अध्यक्ष मौसम इम्बुङ, कलाकार कमानधोज लाओती लगायत विदाई कार्यक्रमका अन्य अतिथिहरुले आ–आफनो मन्तब्य राखेका थिए ।

सनिवार साँझ जोर्डन स्थित फुलवारी कल्बमा आयोजित कार्यक्रमका मञ्चका अध्यक्ष प्रताप राईको अध्यक्षतामा समपनन भएको थियो । मञ्चका सचिव टिकाराम माक्खिमले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष कुमार गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा सचिव टिका माक्खिम र सदस्य पवित्रा राईले छुट्टा–छुट्टै विदाई गित गाएका थिए ।

सोह्र वर्षको हङकङ वसाई पछि यहि जुन २५ मा नेपाल जाने क्रममा सनराई साप्ताहिक, याक्थुङ कलाकार संघ लगाय अन्य संघ सस्थाहरुले तुम्रोकलाई विदाइृ गर्ने कार्यक्रम रहेको छ । यतिवेला उनको नेपाल स्थित परिवारमा एक परकारको ठुलो संकट आएको छ । उनलाई, उनै तागेरा निङवा भु माङले (भगवान) त्यो शक्ति प्रदान गरुन जो सवै प्रकारको संकटहरु सजिलै सित पार गर्न गरोस ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %